• १५ चैत २०८०, बिहीबार
  • २१:३१:२६

Now: लघुकथा आँगन

Next: खुलदुली डटकम

फागुण २१ गतेबाट ‘कमेडी च्याम्पियन २’

पहिलो सिजनमै लोकप्रियता हासिल गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो श्रृङ्खला फागुणको २१ गतेबाट प्रशारण हुने भएको छ ।

कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म यो शो प्रशारण हुनेछ । दोश्रो सिजनको अडिसन राउन्ड सकिएर अहिले धमाधम फिजिकल अडिसनको छायांकन भैरहेको छ । दोश्रो सिजनलाई पहिलो सिजन भन्दा झनै उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने यसका निर्देशक विशाल भण्डारीले बताए ।

उनले भने–‘हामीले पहिलो सिजनमा भएका केही कमजोरीलाई पनि सुधारेर दोश्रो सिजनलाई अझै उत्कृष्ट बनाउने प्रयत्न गरिरहेका छौं । पहिलो सिजनमा जस्तै दोश्रो सिजनमा पनि दर्शकको माया पाउने अपेक्षा छ ।’

थ्रि प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको यो शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायकको रुपमा छन् । यो शोको होस्ट नायिका तथा मोडल रीमा विश्वकर्मा हुने । शोको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे र रीमा विश्वकर्मा रहेका छन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै