• १२ बैशाख २०८१, बुधबार
  • ०६:१६:२६

Now: कायाकैरन

Next: राष्ट्र र सँगीत

सुदूरपश्चिममा २ घण्टाभित्र २ पटक भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशमा २ घण्टाभित्र २ पटक भूकम्पको धक्का महसुस गरिएको  छ। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार गएराति २ पटक भूकम्प गएको हो।

पहिलो भूकम्पको धक्का राति १२ बजेर ४६ मिनेटमा गएको केन्द्रले जनाएको छ। ३ दशमलव ६ रेक्टर स्केल मापन गरिएको उक्त भूकम्पको केन्द्रबिन्दु नेपाल–भारत सीमा खलंगाबाट उत्तर-पश्चिमतर्फ १८ किलोमिटर टाढा रहेको छ।

यस्तै, दोस्रो भूकम्पको धक्का पनि राति २ बजेर ३४ मिनेटमा महशुस गरिएको थियो। ३ दशमलव ७ रेक्टर स्केलको सो भूकम्पीय धक्काको केन्द्र बझाङको गडराय रहेको जनाइएको छ। भूकम्पबाट क्षति भए/नभएको कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिममा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ। यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको महशुस गरिएको थियो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै