• १६ चैत २०८०, शुक्रबार
  • १७:५४:३५

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

खाना छाड्दैमा मोटोपन घट्छ ?

एक अध्ययनको निचोड छ, डाइटिङ गर्दा पनि कतिपय अवस्थामा अझ मोटोपन कायम रहन सक्छ । यस्तो अवस्था तपाईं-हाम्रो पेट वा आन्द्राभित्र रहने जीवाणुको कारणले हुन्छ । पेटमा कैयौं जीवाणु हुन्छ । यी जीवाणुले हाम्रो पेटमा पुग्ने खानामध्ये त्यस्तै खाना खाइदिन्छन्, जो पचाउन सकिएको हुँदैन ।

यसरी पचाउन नसकिएको खानेकुरा खाएर ति जीवाणुले अरु क्यालोरी उत्पादन गरिदिन्छ । यसरी उत्पादन हुने क्यालोरीले हाम्रो मोटोपनलाई घटाउन दिदैन ।अर्थात, खानपानमा कटौती गरेपनि मोटोपन कायम रहनुमा पेटमा हुने यस्तै जीवाणु जिम्मेवार छ । तर, सबै व्यक्तिमा भने यस किसिमको जिवाणु हुँदैन ।

हाम्रो शरीरभित्र किटाणु वा अरु सुक्ष्म जीव हुन्छन् । अर्बौं-खर्बौंको संख्यामा हुने यस्ता जीवाणुले पेटमा घर बनाएर बसेको हुन्छ । वैज्ञानिकले यसलाई शरीरका एक अलग अंग मानेका छन् ।

के हाम्रो पेटमा रहने यी सूक्ष्म जीव र मोटोपनसम्बन्धी कुनै सम्बन्ध छ ?

वैज्ञानिकका अनुसार हाम्रो डाइटिङ राम्रो र नराम्रो हुनुमा यी जीवको पनि योगदान हुन्छ । उनीहरुले यसलाई माइक्रोबायोम भनेका छन् । भनिन्छ, व्यक्तिको मोटोपनसँग ति जीनको ठूलो भूमिका छ । यसैगरी हामी जसरी बिरामी हुन्छौं, त्यसमा पनि यी जीनले अहंम् भूमिका खेल्छ । जस्तो कि मुटुको रोग वा टाइप–२ मधुमेह जस्ता जीवनशैलीसँग जोडिएको रोग ।

जुम्ल्यहा व्यक्तिको जीवन पनि कतिपय अवस्थामा भिन्न हुन्छ । तैपनि मोटोपन वा पेटको स्वस्थ्यमा बाहिरी कारण अहंम भूमिका खेल्छ । यसमा हाम्रो आन्द्रामा रहेको किटाणुले पनि अहंम भूमिका खेल्छ । तपाईं हामीले देखेका छौं, कतिपय मान्छेले खानपानमा सर्तक अपनाउनसाथ मोटोपन घट्छ । कतिपयको भने जस्ताको तस्तै रहन्छ । 

यसको कारण हामीभित्र रहेको किटाणु नै हो । जो किटाणु हाम्रो खाना पचाउनमा सहायक हुन्छ, त्यसले हामीलाई फाइदाका साथसाथै नोक्सान पनि गर्नसक्छ । हाम्रो खानामा केही यस्ता तत्व हुन्छ, जसलाई पचाउनमा यी किटाणुले भूमिका खेल्छ । किनभने यिनीहरुसँग खाना टुक्राउने इन्जाइम हुन्छ ।

यसको नतिजा के हुन्छ भने, जुन खानपानमा रहेको उर्जा हाम्रो पेटले सोस्न सक्दैन, तब यी ब्याक्टेरिया यस खाना तोडेर उर्जा निकाल्छ । उक्त क्यालोरी हामीलाई पनि प्राप्त हुन्छ । यसको नतिजा हुन्छ कि, यदि कोही डाइटिङ गरिरहेका छन् भने कम खानेकुरा खाएर पनि बढी क्यालोरी प्राप्त गर्छन् । उनीहरुको डाइटिङ प्लान व्यर्थ हुन्छ ।

ब्रिटेनको मेयो क्लिनिकको एसोसिएट प्रोफेसर पूर्णा कश्यप भन्छन्, ‘हामी जुन खाना सेवन गर्छौं, त्यो खाना हामी सँगसँगै हाम्रो भित्र रहने ब्याक्टेरियाको लागि पनि काम लाग्छ । ति व्याक्टेरियाले खानाको त्यस्तो भाग पचाइदिन्छ, जसलाई पचाउनका लागि हामीसँग एन्जाइम हुँदैन ।’

उनी यसको नोक्सानबारे पनि भन्छन्, ‘ब्याक्टेरिया जब हाम्रो शरीरमा नपच्ने खानेकुरा खान थाल्छ, तब हामीलाई अरु बढी क्यालोरी प्राप्त हुनथाल्छ ।’यसले हाम्रो शरीरमा अतिरिक्त क्यालोरी जम्मा हुन थाल्छ ।

पूर्णा कश्यपले एक प्रयोगबाट यो कुरा पत्ता लगाएका छन् । यदि हामी कम क्यालोरीवाला खाना खान्छौं, तब त्यसले मोटोपन घटाउने प्रयासमा नराम्रो असर गर्छ ? कतै ब्याक्टेरियाले त्यो कम क्यालोरीवाला खाना खाएर पनि धेरै क्यालोरी निकालेर हामीलाई दिइरहेको त छैन ?

यस प्रयोगको नतिजा आश्चर्यलाग्दो थियो । यसमा सामेल व्यक्तिमध्ये एक समूहको आफ्नो तौल नियन्त्रण हुन सकेको थिएन । यसको कारण त्यही व्याक्टेरिया थियो, जो उनीहरुको शरीरमा पुग्ने खानालाई टुक्रा गरेर त्यसबाट धेरै क्यालोरी निकालिरहेको थियो ।

ब्रिटिश रिसर्चर लुईस ब्रंकवालले मोटो व्यक्तिको पेटको किटाणुलाई सफा गरेपछि नयाँ तथ्य बाहिर आयो । यी व्यक्तिको पेटमा चार किसिमको यस्तो ब्याक्टेरिया भेटियो, जो मोटोपन बढाउने इन्जाइमले युक्त थिए ।

यी ब्याक्टेरियाको कारण टाइप–२ मधुमेह पैदा गर्ने केमिकल पनि उत्पादन हुन्थ्यो । यस्तो ब्याक्टेरिया अक्सर मासु खाने मान्छेको पेटमा देखियो । ब्रकवाल भन्छन्, ‘धेरै प्रोटिनयुक्त खाना अर्थात मासु माछा खाने व्यक्तिमा कतिपय रोगको खतरा बढी हुन्छ ।’

उनीका अनुसार अब यस्तो कुरामा रिसर्च गर्नुपर्ने भएको छ कि, मानिसको पेट वा आन्द्राभित्र हुने ब्याक्टेरियालाई कसरी बदल्ने, ताकि यसले मोटोपन वा अर्को रोगको खतरा नबढायोस् ।

मोटो र दुब्लो मान्छेको पटेको ब्याक्टेरियामा के फरक हुन्छ ?

अहिलेसम्म यो स्पष्ट भएको छैन । तर, डेनमार्कको मेटाबोलिज्म विज्ञ ओलुफ पेडरसन भन्छन्, आन्द्रमा जति किसिमको किटाणु हुन्छ, त्यती नै मान्छेलाई फाइदा हुन्छ । उनले करिब तीन सय मोटो र दुब्लो व्यक्तिमाथि रिसर्च गरेका थिए ।

उनले त्यसबाट के थाहा पाए भने, मोटो व्यक्तिको पेटमा किटाणु धेरै हुन्थ्यो । तर, त्यसमा विविधताको कमी थियो । यस्तो व्यक्तिमा मधुमेह, मुटुको रोग र आन्द्रामा जलन हुने समस्या बढी देखियो ।

यी किटाणुसँग हाम्रो खानपानको गहिरो सम्बन्ध देखिन्छ । धेरै एन्टिबायोटिक लिँदा पनि हाम्रो पेटमा रहेका यस्ता कतिपय किटाणु मर्ने गर्छ । एक अध्ययनले भनेको छ, यदि हामी धेरै रेशादार खाना, फल वा सब्जी सेवन गर्छौं भने हामीभित्रको किटाणु पनि धेरै किसिमको नस्लमा पैदा हुन्छ । यसको मद्दतबाट हाम्रो आन्द्रामा हुने जलन जस्ता समस्या रोक्न सक्छौं । वा क मगर्न सक्छौं ।

एक अध्ययनकर्ता भन्छन्, ‘टाइप २ मधुमेहका रोगीले रेशादार खानेकुरा बढी सेवन गर्छ भने मधुमेहमा कमी आउन सक्छ ।’ शरीरको तौल र यसको पेटभित्र रहेको किटाणुमाथि सबैभन्दा ताजा रिसर्तको नतिजा हो, क्राइस्टेनसेनेलेसी । यो एक किटाणुको नाम हो, जो विश्वका ९७ प्रतिशत मान्छेको पेटमा पाइएको छ । तर, यसको संख्या दुब्लो व्यक्तिमा बढी देखियो ।

यो अक्सर मान्छेको आफ्नो आमासँग मिल्छ । जब मुसामा क्राइस्टेनसेनेलेसी नामको यो किटाणु प्रत्यारोपित गरियो, तब मुसाको मोटोपन हुने क्रम रोकियो । यसका रिसर्चमा सामेल जिलियन वाटर्स भन्छन् कि, अब यस किटाणुको उत्पाति र यसको फाइदा वा नोक्सानमाथि रिसर्च हुँदैछ ।

त्यसैगरी इजराइलका एक इन्स्टिच्युटले मान्छेको पर्सनलाइज्ड उपचारको तरिका खोजेको छ । एक हजारभन्दा बढी व्यक्तिमाथि गरिएको यो रिसर्चबाट निकै घतलाग्दो नतिजा आएको छ ।

के देखियो भने, गोलभेडा सेवन गर्दा मान्छेको रगतमा सुगरको मात्रा बढेको पाइयो । यस्तो नतिजा  अर्को किसिमको खानेकुरामा  पनि देखियो । वैज्ञानिकहरु यो निस्कर्षमा पुगेका छन् कि पेटमा रहेको किटाणुको आधारमा उनीहरुलाई मधुमेह हुन्छ वा हुँदैन भन्ने कुराको भविष्यवाणी गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै