• ७ बैशाख २०८१, शुक्रबार
  • २१:३०:४१

Now: श्रुति संवेग

Next: खुलदुली डटकम

चीनले पनि दिने भयाे अनुदानमा कोरोनाविरुद्धको खोप

काठमाण्डाै - चीनले नेपाललाई कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । 

खोप अनुदानमा दिने र चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ दूतावासले जनाएको छ ।    

चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । यो खोप करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी रहेकोे चिनियाँ दूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले अन्य देशहरुबाट पनि मान्यता पाएको छ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै