• ८ बैशाख २०८१, शनिबार
  • १५:२२:४४

Now: लोकछहारी

Next: थाहा अपडेट

‘बढाएर नम्बर दिँदा’ कक्षा १२ को नतिजा गत वर्षभन्दा राम्रो

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरुले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।

गत वर्षहरुको नतिजामा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी हुन्थे । यो वर्षको सोमबार प्रकाशित नतिजामा मध्यमभन्दा माथिल्लोस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या अत्यधिक छ ।

गत वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शुन्य हुन्थ्यो भने यसवर्ष ४० जनाभन्दा बढीले ४ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा सञ्चालन गरेर त्यही उतरपुस्तिका परीक्षण गर्दा कक्षा १२ को नतिजामा सुधार देखिएको हो ।

२० प्रतिशत पूर्णाङ्कको आन्तरिक मूल्याकंनमा समेत शिक्षकहरुले आफूखुशी नम्बर दिएकाले नतिजा गत वर्षभन्दा राम्रो आएकोहुन सक्ने बोर्डका अधिकारीहरु बताउँछन् । कान्तिपुर

यो पनि पढ्नुहोस

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै