• ४ बैशाख २०८१, मंगलबार
  • २३:१२:५९

Now:

Next:

प्रधानमन्त्रीले भने आँखामा नि आँशु आयो ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कठोर एवं दह्रो मुटु भएका राजनीतिज्ञ मानिन्छन् । तर, शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभामा बोल्दै गर्दा ओलीले मञ्चबाटै आँशु पुछे ।

प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार जनसागर देखेर भावुक बनेपछि प्रधानमन्त्रीले आँशु खसालेका हुन् । तर, स्वयं ओलीले चाहिँ ‘चिसोले गर्दा आँशु आएको’ बताएका छन् ।

प्रधानमन्त्रीले भाषण गर्दैगर्दा उनको समर्थनमा सहभागीहरुले केहीबेर हुटिङ गरेका थिए । हुटिङलाई हात हल्लाएर समर्थन जनाएका प्रधानमन्त्रीले पानी पिए । त्यसपछि कालो चश्मा खोलेर आँशु पुछे ।

प्रधानमन्त्री ओलीले चिसोका कारण आँशु आएको बताएका छन् । आँशु पुछ्नुअघि उनले माइकबाट सुनिने गरी भनेका थिए, ‘चिसोले आँखामा नि आँशु आयो ।’

तर प्रधानमन्त्रीकै प्रेस सल्लाहकार थापाले टि्वटरमा लेखेका छन्, ‘नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो । जनता साथमा भएपछि कोही दुष्टहरूको पनि केही चल्दैन । चेतना भया !’

यस्ताे छ भिडियाे 

 

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै