• ८ बैशाख २०८१, शनिबार
  • २०:०३:०३

Now: नेपाल दर्पण

Next: सन्देश/पिएसए

गण्डकी प्रदेशसभाकाे चौथो वार्षिकउत्सवमा एक चौथाई सदस्य पनि उपस्थित भएनन्

कास्की । गण्डकी प्रदेश सभा स्थापनाको तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको छ । ०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन भएको प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । 

आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरेको गण्डकीले यस अवधीमा विभिन्न ४६ वटा विधेयक पारित गरेको छ । हाल प्रदेश सभा सचिवालयमा एक नयाँ विधेयक दर्ता भएको छ ।

हालसम्म प्रदेश सभाको तीन हिँउदे, तीन वर्षे र एक विशेष गरि सातवटा अधिवेशन सम्पन्न भइसकेका छन् । विषेश गरि वर्षे अधिवेशनलाई बजेट र हिँउदेलाई कानुन एवं नीति नियम बनाउने अधिवेशनको रुपमा लिने गरिन्छ ।

वार्षिकोत्सवमा एक चौथाई सदस्य पनि उपस्थित भएनन्                             

स्थापना दिनको अवसर पारेर प्रदेश सभा सचिवालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश सभाका कुल सदस्य मध्ये एक चौथाई सदस्य समेत उपस्थित भएनन् ।

कार्यक्रममा मुख्यमन्त्रीसँगै चार मन्त्री, सभामुख, उपुभामुख, प्रमुख प्रतिपक्ष दलका नेता, सार्वजनिक लेखा समितिका सभापती र ६ सांसद गरि जम्मा १४ जनाको मात्र उपस्थिती रहेको थियो । कार्यक्रममा प्रचण्ड माधव समुह, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरु अनुपस्थित रहेका थिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै