• १५ चैत २०८०, बिहीबार
  • १७:१६:३७

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

बडिगाडमा लुटपाटको आशंकामा २ जना पक्राउ, अनुसन्धान हुँदै 

फाइल फाेटाे : पहिलोपोस्टबाट

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. १ नेपाने कुवापानीमा शुक्रवार भएको लुटपाट घटनाको अनुसन्धान गर्न खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

वडा नं. १ कै दगा सल्लेपोखरावाट पक्राउ परेका उनिहरुको अनुसन्धान भैरहेकोले विवरण खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक अर्जुन मल्लले जानकारी दिनुभएको छ ।

शुक्रवारको घटनापछि त्रसित वनेका स्थानिय र प्रहरीको सक्रियतामा लुटपाटमा संलग्नहरुको खोजि चलिरहेको बेला प्रहरीले सोधपुछ गर्ने क्रममा भागेपछि उनिहरुलाई स्थानियको सहयोगमा पक्राउ गरिएको प्रहरी चौकी खर्वाङले जनाएको छ । शुक्रवार कुवापानीमा स्थानिय ५४ वर्षिय धनि रामजालीको १ लाख ५३ हजार नगद सहित गरगहना लुटिएको थियो ।

उता प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) ले घटनामा संलग्न नभएका आफ्ना जिल्ला इन्चार्ज आकाश भनिने छम बहादुर सेन सहित आफ्ना दुई जना कार्यकर्ता पक्राउ परेको दावी गरेको छ । 

यो पनि पढ्नुहोस

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै