समचार

गुल्मीको रेसुङ्गा गौशालामा औँसीको अबसरमा गाईको पूजा

अनिल खत्री

  गुल्मी कात्तिक २ ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन औँसी गाईको पूजा गरेर मनाउने प्रचलन रहेको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अबसर पारेर गुल्मीको धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा पूजा गरेका छन् ।

 

जिल्लाको सदमरमुकाम तम्घास सँगै बिभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानै देखि भिड लाग्ने गरेको छ । गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन,तेल,रोटी,चामलको पिठो लगायत खुवाएका थिए । हिन्दुधर्ममा गाईको पुजा गर्नलाले स्वर्गको वासहुने मान्यता रहेको छ । गाईको पूजा गर्नाले आफुले भुल गरेर गरेका पापहरु नासहुने र पुण्ड्य लाभ हुने प्रचलन रहेको छ । 

 

रेसुङ्गासँगै रहेको गौशालामा २०४२ साल देखि गाईहरु पालिदै आएको छ । धार्मिक स्थलसँगै रहेको गौशालाको प्रचार प्रसारमा कमी भएको स्थानियको गुनासो रहेको छ । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाहरुबाट भक्तजन पुग्ने गर्दै आएका छन् । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ ।  

रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । गौशालामा हाल झण्डै २ सय भन्दा वढी गाईगोरुहरु रहेका छन् । स्थानिय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा उक्त स्थानमा पालिदै आएको हो । रेसुङ्गा सँगै गौशालाको पर्यटकिय महत्व वढाउनको लागी प्रचार प्रसारमा सबैको ध्यान जान जरुरी रहेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाललले बताए । 

 

गाईको हिन्दु धर्ममा महत्व धेरै छ उनले भने ‘गाई मात्र होइने गाईका  गहुँतको पनि उत्तिकै महत्व र औषधीको रुपमा पनि प्रयोग हुँदै आएको छ ।’ हामीले गाईबाट दुध घिउसँगै गहुँतबाट औषधी पनि बन्छ भुसालले भने ‘गहुँत पूजा पनि प्रयोग हुनाले यसको धेरै महत्व छ ।’ धार्मिकता सँगै रहेको गौशालाको बिकास र पर्यटकिय आकर्षण बढाउन स्थानिय जातका गाई सँगै अन्य प्रजातीका गाईहरु पनि यस ठाउँमा पालिनु पर्ने भुसालले जोड दिए । 

Top