• १३ बैशाख २०८१, बिहीबार
  • १५:५४:२३

Now: लोकछहारी

Next: थाहा अपडेट

नेतृ रामकुमारी झाँकीलाई प्रहरीले छाड्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको आरोपमा बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरी छाडेको छ । श्रीमान् पशुपति पुरीको जिम्मा लगाएर महानगरीय अपराध महाशाखाले छाडेको हो ।

प्रहरी कार्यालयमा भएको करिब पाँच घन्टा लामो छलफलपछि प्रहरी उनलाई छाड्न तयार भएको हो । राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको भनेर उनले प्रहरी कार्यालयमा कागज गरेपछि छाडिएको महाशाखाका एक प्रहरी अधिकारीले बताए । 

प्रहरीले राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरी उनलाई घरबाटै पक्राउ गरेको थियो । प्रचण्ड माधव समूहका नेता योगेश भट्टराईका अनुसार उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ परेको थियो ।

झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताएकी थिइन् । उनी पक्राउ परेको विरोधमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै