• ४ बैशाख २०८१, मंगलबार
  • ११:४१:००

Now: सिने संसार

Next: नेपाल खवर

गुल्मीमा बालिका करणीको आरोपमा युवक पक्राउ

गुल्मी । गुल्मीमा बालिका जबरजस्ती करणी गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मदाने गाउँपालिका वडानम्बर-४ म्यालपोखरी बिरौटाकी अन्दाजी १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मालिका गाउँपालिका वडानम्बर-४ अर्खाबाङका २९ वर्षका रमेश भन्ने जगतबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । 

रानाले माघ २६ गते बेलुकी करिब ४ बजेतिर आफनो कोठामा लागि ललाई-फकाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रानाले जबरजस्ती करणी गरेको भन्ने माघ २९ गते इलाका प्रहरी कार्यलय पुर्कोटदह गुल्मीमा जानकारी गराएका थिए ।

जानकारी पाउन साथ प्रहरी नायव निरिक्षक दिपेश राईको कमाण्डमा प्रहरी टोलीले जगतबहादुर रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरीले जनाएको छ । रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तम्घासमा ल्याई थप अनुसन्धान कार्य भइरहेको नायव उपरीक्षक (डीएसपी) पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै