• ७ बैशाख २०८१, शुक्रबार
  • १८:५८:५३

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

प्रदेश स्तरीय भलिवल खेलको रेफ्रिमा छनौट हुने खेलाडिलाई मुसिकोटले १० हजार दिने 

गुल्मी । मुसिकोट नगरपालिकाले प्रदेश स्तरीय भलिवल खेलको रेफ्रिमा छनौट भएका २ जना खेलाडिहरुलाई सम्मान गर्दै पुरस्कार स्वरुप जनही १० हजार दिने घोषणा गरेको छ । मुसिकोट नगरपालिका वडा नं. ४ का सोम दर्लामी र वडा नं. ८ का नविन छन्त्याललाई नगरपालिकाको सभाहलमा एक कार्यक्रमका विच सम्मान गरेको हो ।

दुवै खेलाडी रोल्पामा सम्पन्न प्रदेश स्तरीय भलिवल रेफ्रि तालिमको लागि छनौट भई सहभागि बनेका थिए । सो सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिका खेलकुदको विकासको लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ ।

प्रत्येक वडामा खेल मैदानहरु निर्माण गरिएको, नगर गौरवकै रुपमा ग्वादीका चौर खेलमैदान निर्माणमा काम गरिरहेको बताउनु भएको छ । खेललाई व्यवसायीक नवनाएसम्म खेलकुदको विकास हुन नसक्ने भन्दै नगरप्रमुख सापकोटाले खेललाई व्यवसायीक बनाउनु पर्ने र सोको लागि सहयोग गर्न नगरपालिका तयार रहेको बताउनु भएको छ ।

कार्यक्रममा उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वडा अध्यक्ष तथा नगरकार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । नगरपालिकाले सम्मान गरेपछि खुसिहुँदै खेलाडिहरुले नगरपालिका परिवार प्रति आभार तथा धन्यवाद व्यक्त गर्दै निरन्तर खेलकुदमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै