ताजा अपडेट

समचार

ताराखोला- ५ को केन्द्रमा मतदान गर्ने पहिलो मतदाता ९८ वर्षिया महिला !

खगेन्द्र विश्वकर्मा, ताराखोला (बागलु

 

ताराखोला गाउपालिका वडान ५ दुर्गा भवानी मावि केन्द्रमा रहेको २ बुथमा दिउसो साढे १ बजे सम्म क बुथमा महिला १ सय ७२ पुरुष १ सय ८५ र ख मा महिला १ सय ७७ पुरुष १ सय २१ गरि जम्मा ६ सय ५५ मतदान भएको छ । कुल १६ सय ६९ मतदाता रहेको प्रहरी साहायक निरिक्षक होम बहादुर थापाले जानकारि दिए।

 

ताराखोला क्षेत्रमा शान्तिपूर्ण वातावरणमा मतदान भै रहेको मतदान अधिकृत सुशील पनेरुको भनाई छ ।

 

ताराखोला दुर्गा भवानी केन्दमा बिहान जेष्ठ नागरिक ९८ बर्षकी नन्दकली कडेलले पहिलो मतदान गरी उद्घाटन गरेकी थिईन । उनलाई प्रेमनाथ कडेलले सहयोग गरेका थिए।

 

Top