• ११ बैशाख २०८१, मंगलबार
  • १६:२८:५९

Now: लाेक सारथी

Next: थाहा अपडेट

विद्यालय स्तरिय कबड्डी प्रतियोगितामा त्रिभुवन विजयी

बागलुङ । त्रिभुवन बाल कल्वको आयोजनामा आज विद्यालय स्तरिय कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । त्रिभुवन नमुना मावि बडिगाड २ खर्वाङको प्रङ्गणमा सम्पन्न प्रतियोगितामा छात्रा तर्फ त्रिभुवन नमुना माविको समुह वि खर्वाङ प्रथम, त्रिभुवन मावि भुवाचिदि द्धितिय भएका छन ।

त्रिभुवन नमुना मावि खर्वाङ, महेन्द्र आर्दश नमुना मावि वामी र त्रिुभवन मावि भुवाचिदिको सहभागिता रहेको प्रतियोगिताको छात्र तर्फ भने त्रिभुवन मावि भुवाचिदि प्रथम र महेन्द्र आर्दश नमुना मावि वाम द्धितिय भएका थिय ।

प्रतियोगितको अबसरमा बोल्दै त्रिभुवन नमुना माविका प्रचार्य ढालमणि भण्डारीले स्वाथ्य रहन खोलकुदको निकै ठुलो भुमिका रहने हुदाँ विद्यार्थिलाई किताबी ज्ञान बाहेक अतिरिक्त ज्ञानको पनि आबश्यक रहेको बताए ।

साथै भण्डारीले खेलाडिको मुख्य गहना अनुशासन भएकोले अनुशाशित खेलाडिले नै समाज र देशको नाम राख्न सक्ने बताए ।  क्लवका अध्यक्ष सुनिता कार्किको अध्यक्षता रहेको कार्यक्रमको संचालन समिर पौडेलको रहेको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै