• १५ चैत २०८०, बिहीबार
  • २१:३७:१७

Now: लघुकथा आँगन

Next: खुलदुली डटकम

कम्युनिस्ट पार्टीले सोझा जनतालाई झुक्याउने काम गर्याे: सापकोटा

फाेटाे : विष्णु कुमारी सापकोटाकाे फेशबुकबाट

गुल्मी । नेपालि कांग्रेस मुसिकोट नगरपालिका वडा नम्बर ८ वडा कार्यसमितिको आयोजनामा शनिबार वामिको पुरानागाउमा अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ । नेपालि कांग्रेस मुसिकोट नगर सचिव मोहन घिमिरेले दिएकाे जानकारी अनुशार कार्यक्रममा पुरानागाउका १५ घरपरिवार नेपालि कांग्रेसमा प्रवेश गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टी भ्रष्टाचार र अनियमितताको पर्याय भएको र आफ्नै गाउठाउमा विकासका कामहरु गर्छु भनेर सोझा जनतालाई झुक्याउने काम भएकोले दुखि र गरिवको सच्चा साथि कांग्रेस नै भएको ठहर गर्दै नेपालि कांग्रेसमा प्रवेस गरेको नवप्रवेशी होम बहादुर छंतेलले बताउनुभयो । 

कार्यक्रमा नेपालि कांग्रेस गुल्मीकी सचिव विष्णु कुमारी सापकोटाले कम्युनिस्ट पार्टीले सोझा जनतालाई झुक्याउने काम गरेको र नेकपाको सरकार आएपछि लगातार नागरिकलाई असुरक्षा महशुस भएको ठोकुवा गर्नुभयो । 

वामिको पुरानागाउ पहिलेपनी कांग्रेसको पक्कड भएको र बिचमा नेकपामा केहि संख्यामा प्रवेश गरेको हल्ला चलाइएपनि वास्तवमा पहिले र अहिले पुरानागाउ सधै कांग्रेसको पक्कड ठाउ भएको नगर सभापति सुदर्शन शाक्यले बताउनुभयो । 

कार्यक्रममा नेपालि कांग्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा, जिल्ला सदस्य कल्पना घिमिरे, पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझी, कांग्रेसका सल्लाहकार भिमलाल सापकोटा, नगर सभापति सुदर्शन शाक्य, लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएकाे थियाे । 

साेहि अबसरमा नवप्रवेशी होम बहादुर छंतेलको अध्यक्षतामा ११ सदस्यीय तरुणदल टोल समिति गठन गरिएको छ, भने ढाल बहादुर केसिको सभापतित्वमा ९ सदस्यीय टोल समिति गठन गरिएको छ । कांग्रेसका मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडा सभापति ताराक बहादुर रायमाझीको सभापतित्व रहेको कार्यक्रमको संचालन भने भिम केसीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै