• ८ बैशाख २०८१, शनिबार
  • ०५:३७:१०

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

मुख्यमन्त्री कप भलिबल: बडिगाडकि सुजता सहित वागलुङवाट २४ खेलाडि छनोट

फाइल फाेटाे

बागलुङ । जिल्ला भलिबल संघ बागलुङले प्रथम मुख्यमन्त्री कप भलिबलको लागि २४ खेलाडि छनोट गरेको छ । 

प्रथम मुख्य मन्त्री महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन गलकोटमा छनोट प्रतियोगिता सम्पन्न गरी वन्द प्रशिक्षण गरेको संघले छनोटमा परेका २४ खेलाडिको नाम सार्वजनिक गरेको हो । संघका अध्यक्ष याम श्रीसका अनुसार प्रारम्भीक अभ्यासका लागी  ४० जना खेलाडि सुचिकृत गरी  ५ दिन सम्म अभ्यास सम्पन्न गरी छनोट गरेको हो । 

जसमा महिलातर्फ १२ र पुरुषतर्फ १२ गरि २४ जना र वैकल्पिकमा २ जना खेलाडि छनोट गरेको अध्यक्ष श्रीसको भनाई छ । महिला भलिबल तर्फ गलकोट नगरपालिकाकी माया काउचा,  प्रतिक्षा श्रीस र सुमिता श्रीस, बडिगाड गाँउपालिकाकी सुजता शेर्पुजा, लुकु श्रीस, रेखा राना, झरना श्रीस, शान्ति पाईजा, देवि शेर्पुजा, ढोरपाटन नगरपालिकाकी तिर्सना सिर्पालि, तमानखोला गाउँपालिकाका एलिना छन्त्याल, कल्पना छन्त्याल छनोट हुनुभएको छ । 

त्यस्तै पुरुष भलिबल तर्फ गलकोट नगरपालिकाका रवि केसि, ईन्द्र विक, हिमाल चालिसे, सन्तोष विक, लच्छु सुनार, अशोक सुनार, कुस्मन थापा, ताराखोला गाँउपालिकाका विष्णु खत्री, माईकल खत्री, निसिखोला गाउँपालिकाका हिम्मत शाहि, हरी घर्ती, वरेङ गाउँपालिकाका जिवन विक छनोट हुनुभएको छ भने । गलकोट नगरपालिकाका दिपक मल्ल र ताराखोला गाउँपालिकाका सन्तोष वस्नेत वैकल्पिक खेलाडिको रुपमा समावेश हुनुभएको जिल्ला भलिवल संघ वागलुङले जनाएको छ । 

आगामी फाँगुन ४ गतेदेखि हुने मुख्य मन्त्री कपमा सहभागी हुने खेलाडिहरुलाई छनोट प्रतियोगितावाट सुचिकृत गरि ५ दिने वन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनको आधारमा छनोट गरिएको हो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै