• १२ बैशाख २०८१, बुधबार
  • ०४:०४:५२

Now:

Next: शुभारम्भ धुन

अलिअलि पैसा नकमाई, बाँच्न पनि सकिन्न होला...

हुन त मान्छेहरुका सोच बिचार, भिन्न(भिन्न होला
अलिअलि पैसा नकमाई, बाँच्न पनि सकिन्न होला

तर यस्तो लाग्छ मान्छेको,दिमागको एक्सरे गरी हे¥यौ भने
पैसा बाहेक त्यो दिमागमा, अरु केही भेटिन्न होला

कोही बैशं, कोही पैसाकै पछि, बेकसुर दौडिरहेछन्
तिनीहरुलाई लाग्दो हो,यो दुई बाहेक त बाचिन्न होला

भुलाएर रंगरस र सपनामा, अनेक फाइदा उठायो उसले
भावनामा खेलेर सायदै, शत्रुले त्यति फाइदा लिन्न होला

बर्बादी बनाउदा नि पटक–पटक, मान्छेले त छुट दिइरहेछन्
तर याद गर्नु तिम्रो भगवानले, तिम्लाई छुट दिन्न होला ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै