• १५ चैत २०८०, बिहीबार
  • १८:१७:१३

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

आज भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै

आज भारतबाट आज कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै छ । कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउँसो साढे १ बजे एयर इन्डियाको विमानमार्फत काठमाण्डौ आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप आउन लागेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

​बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने उहाँको भनाइ छ । आज काठमाण्डौ आइपुग्ने १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।

यो भन्दा अगाडी पनि भारत सरकारले नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप निशुल्क रुपमा अनुदानमा दिएको थियो ।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै