• १६ चैत २०८०, शुक्रबार
  • १२:५४:००

Now: माई च्वाईस

Next: थाहा अपडेट

अखिल नेपाल युवक संघको बागलुङ बजारमा मसाल जुलुस सम्पन्न।

तिलक थापा : अखिल नेपाल युवक संघ बाग्लुङले प्रतिनिधि सभा बिघटनको विरुद्ध  बागलुङ बजारमा मसाल जुलुस भएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला सम्पर्क कार्यलय बाट सुरु भएको जुलुस समित चोक, हल्लन चोक हुदै लोकतान्त्रिक चोकमा पुगि सम्पन्न कोणसभालाई अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष भिमसेन वन र जिल्ला सचीव तथा केन्द्रिय सदस्य बिरेन्द्र थापाले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधन का क्रममा उहाँले प्रतिगामी कदम विरुद्ध यहि फाल्गुन १० गते युवक संघले ७७ वटै जिल्लामा मसाल जुलुस सम्पन्न गर्ने कार्यक्रम रहेको बताउदै अहिलेको सरकारलाई प्रतिगामी कदम सच्याउन आग्रह गर्दै संसद पुनःस्थापना गर्न जस्तो सुकै कदम चाल्न अनुरोध गर्नु भयो।

साथै उहाँले अखिल नेपाल युवक संघ राष्ट्रियता, जनजीविका र लोकतन्त्रका पक्षमा सदैब आन्दोलित हुने बताउदै भ्रस्टाचार र युवा अधिकारको निम्ति संधै अग्रमोर्चामा रहने बताउनु भयो।  उक्त कार्यक्रम युवक संघका गण्डकी प्रदेश सचीव संजाल शर्माले गर्नु भएको थियो।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै