• १६ चैत २०८०, शुक्रबार
  • ००:१४:११

Now:

Next: शुभारम्भ धुन

ओली प्रबृतिको अन्त्य भएको खुशीयालीमा, नेकपा गल्कोटको कार्यक्रम सम्पन्न

बागलुङ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्कोट नगर कमिटीको आयोजनामा हटिया बजारमा शुभकामना आदान प्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले पुष ५ गते जारी गरेको संसद बिघटनको विरुद्धमा सर्वोच्च अदालतले हिजोे संसद पुण: स्थापना गरेको खुशीयालीमा यो कार्यक्रम गरिएको हो । कार्यक्रममा सर्वोच्च अदालतका न्यायलयलाई हार्दिक धन्यबाद दिदै प्रतिगमनको विरुद्धमा लागि परेका आफ्ना नेता कार्यकता आम नागरीक सबैलाई नेपाल कम्युनिष्ट पार्टी गल्कोट नगरकमिटीले धन्यबाद ज्ञापन गरेको थियो ।May be an image of 5 people and people sitting

कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी नेकपा गन्डकी प्रदेशका सदस्य फमलाल न्युरे, नेकपा  जिल्ला सदस्य बुल बहादुर केसी, नेकपा जिल्ला सदस्य चन्द्र दत्त , नेकपा जिल्ला सदस्य खिम सहानी, नेकपा जिल्ला सदस्य डिल बहादुर परियार, नेकपा जिल्ला सदस्य पदम सलामी, नेकपा नेता तिलक उप्रेती, नेकपा गल्कोट नगरका कार्यलय सदस्य कौशिला घर्ति, नेपाल दलित मुक्ति मोर्चा संगठनका नगर संयोजक चिन्ता नेपाली लगायतले शुभकामना आदानप्रदान तथा मन्तब्य राखेका थिए । 

कार्यक्रमा नेकपाका गल्कोट नगर कमिटी अध्यक्ष ललित श्रीसल ओली प्रबृतिको अन्त्य भएकोे भन्दै ओलीको अधिनायकबादी बाटो बन्द भएको टिप्पणी समेत गर्नुभयो ।  नेकपाका गल्कोट नगर कमिटी अध्यक्ष ललित श्रीसको अध्यक्षता रहको उक्त कार्यक्रमा नेकपा जिल्ला कमिटी सदस्य डिल बहादुर नेपालीको स्वागत मन्तब्य तथा सचिब डम्बर श्रीलको सञ्चालनमा कार्यक्र सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै