• १६ चैत २०८०, शुक्रबार
  • ११:३८:२४

Now: सिने संसार

Next: नेपाल खवर

मिशन थापा मगर र सिर्जना आले मगरको अभिनयमा

तिलक मगर: मध्यरातमा यसरी भगाए मिशन थापा मगरले सिर्जना आले मगरलाई । नेपाली गित सँगितको बजारमा फेरी अर्को मन छुने बियोगान्त "भागी जाम भो लाहुर" बोलको लोक गित सार्बजनिक भएको छ ।  "लाफा इन्टरटेन्मेन्ट" नामक यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको गितको म्युजिक भिडियोमा मिशन थापा मगर र सिर्जना आले मगरको अभिनय रहेको छ  ।

सिर्जनाले यो भन्दा अगाडी पनि केही म्युजिक भिडियोमा अभिनय गर्दै टिक टक र यु ट्युवमा चर्चित छिन, भने मिशन म्युजिक भिडियोह सँगै बिभिन्न सर्ट मोभिजहरुबाट चर्चित छन । उनी थिएटर आर्टिष्ट पनि हुन ।  सार्बजनिक भएको भागी जाम भो लाहुर बोलको गितको म्युजिक भिडियोमा समाजमा भईरहने घटिरहने बिभिन्न घटनाहरुको दृश्य देखाईएको छ । सिर्जना र मिशनको जोडी गितको म्युजिक भिडियोमा निकै जमेको छ ।

 राज कुमार खाम्चा मगर र माया थापा मगरको स्वरमा रहेको गितको सि पी मगरले शब्द तथा लय सिर्जना गरेका हुन । सि पी मगरकै निर्देशन रहेको गितको म्युजिक भिडियोमा भिसन काउचा मगरको छायाँकन तथा नबिन घर्ति मगरले भिडियो सम्पादन तथा कलर संयोजन गरेका छन । सार्बजनिक गितको म्युजिक भिडियोलाई सफलताको लागि धेरै भन्दा धेरै शुभकामना ।  हेर्नुहोस गितको म्युजिक भिडियो 

 

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै