• १६ चैत २०८०, शुक्रबार
  • ०४:२५:३१

Now:

Next: शुभारम्भ धुन

बागलुङ र रुकुम पूर्वकोे सीमा विवाद चैत्र भित्र समाधान गरिने

बागलुङ । रुकुम पूर्वको भूमे गाउँपालिका र बाग्लुङको निसिखोला गाउँपालिका बीचको सीमा विवाद समाधन गर्न कार्यदल गठन गरिएको छ । सीमा विवाद चैत्र महिना भित्रै समाधान गर्न दुवै गाउँपालिकाले कार्यदल गठन गरेका छन् ।

शनिबार भूमे गाउँपालिकाको कार्यालय खाबाङ बगरमा दुवै गाउँपालिकाको तर्फबाट आयोजना गरिएको समन्वयात्मक बैठकले विवाद समाधानका लागि कार्यदल गठन गरेको हो । प्रतिनिधि सभा सदस्य कमला रोका, लुम्बिनी प्रदेश सभा सदस्य तेजबहादुर ओली, गण्डकी प्रदेश सभा सदस्य खीमबिक्रम शाही, दुवै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी समेतको बैठकले कार्यदल गठन गरेको हो ।

कार्यदलमा दुवै गाउँपालिका अध्यक्ष, सम्बन्धित वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, दुवै जिल्लाका नापी कार्यालयका प्रतिनिधि तथा विवादित दुवै जिल्लाका वडाका एक/एक जना सर्वसाधारण सदस्य रहेको कार्यदल गठन गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए । 

कार्यदलले चैत्र महिना भित्र सम्पूर्ण विवाद समाधान गर्ने सहमति भएको छ । भूमे गाउँपालिकाका–१ र निसिखोला गाउँपालिका–५ र ६ बीच सीमा विवाद छ । पर्यटकीय क्षेत्र भएकाले त्यस क्षेत्रमा विकासको प्रयास गर्दा दुवै पक्षबाट अवरोध हुने गरेको छ । भूमे गाउँपालिकाले प्रवेशद्धार बनाउन लाग्दा निसिखोला गाउँपालिकाले अवरोध गरेको थियो भने सडक निर्माणको क्रममा भूमे गाउँपालिकाले असहमति जनाएको छ । 

निसिखोला गाउँपालिका अध्यक्ष तारानाथ शर्माले संघीयतापछि आएको अधिकार कार्यान्वयनका क्रममा देखिएको विवाद अब समाधान हुने विश्वास व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै