• ६ चैत २०८०, मंगलबार
  • ०९:१६:१४

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

यस वर्ष फुलेन रेसुङ्गा क्षेत्रमा लालीगुराँस

गुल्मी । यतिबेला गुल्मीको रेसुङ्गा क्षेत्रमा ढकमक्क लालीगुराँस फुल्ने समय हो । तर यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भएपनि गुराँस नफुल्दा घुम्न आउने पर्यटकहरुको चहलपहल छैन ।

प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल रेसुङ्गामा अहिले गुराँस नफुलेकाले पनि चहलपहल नभएको हो । रेसुङ्गा क्षेत्रको वनैभरि राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने गर्नाले चहलपहल बढ्ने गरेको थियो ।

तर यस वर्ष गुराँस फुल्ने समयमा पनि नफुल्दा रेसुङ्गा क्षेत्र सुनसान बनेको छ । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुङ्गा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिन्छ । रेसुङ्गा क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोट भएकाले पनि फुल्न छोडेको स्थानीयको भनाइ छ ।

यस वर्ष हिउँदमा पानी नपरेकाले लालिगुराँस कम फुलेको रेसुङ्गा संरक्षण समितिका सदस्य कृष्णप्रसाद पन्थीले बताए । यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला मात्रै रहेको पन्थीले बताए । रेसुङ्गा क्षेत्रमा कति प्रकारका लालीगुराँस छन् भन्ने तथ्याङ्क नभएको पन्थीको भनाइ छ ।

रेसुङ्गा क्षेत्रमा भौगोलिक उचाइगत विविधताले ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा, नागबेलीसहित १ सय ६१ प्रजातिका जडिबुटीहरु रहेको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँस लगायतका अन्य क्षेत्रमा परेको असरले मौसम अगावै र पछि फुल्ने गर्नाले प्रभाव पर्दै जान थालेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै