• ६ चैत २०८०, मंगलबार
  • ११:१०:२३

Now: सिने संसार

Next: नेपाल खवर

सम्झना हत्या प्रकरण: हत्यारा सार्वजनिक

गुल्मी । जिल्लाकाे भाडगाउँमा २१ वर्षीय युवती हत्याका अभियूक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको रेसुंगा नगरपालिका–३ भाडगाउँमा २१ वर्षीया सम्झना बोहराको हत्याको आरोपमा ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । सम्झनालाई लालबहादुरले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

हत्या किन र कसरी गरेको भन्ने कारण नखुलेको पाण्डेले बताउनु भयो । सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीका अनुसार बेपत्ता भएकी युवतीको खोजतलास गर्दा अभियुक्त लालबहादुरको सक्रियता बढेको देखेर उनीमाथि अनुसन्धान केन्द्रित गरिएको थियो ।

‘लालबहादुरले नै शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए’ पाण्डेले भने,‘उनैलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्दा हत्या स्वीकार गरेका छन् ।’ अभियुक्तलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएको १८ दिन पछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोरामा र बाँकी भाग स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो । 
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै