• ६ चैत २०८०, मंगलबार
  • १९:४९:५२

Now: पुराना लोक दोहोरी गीत

Next: नेपाल दर्पण

आमा समुह र कल्वको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न

खर्वाङ । मेलमिलाप आमा समुह र युनिटि युथ कल्व दनियाको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बडिगाड गाँउपालिका २ दनिया बस्ने शसिराम रानाको संयोजकत्वमा कतार रहेका नेपालीको सर्कियतामा आमा समुहको लागि ४० हजार र कल्वको लागि ५ हजार गरि ४५ हजार सहयोग संकलन गरेको भन्दै आमा समुह र कल्वले सम्मान गरेका हुन । 

आज सम्मान कार्यक्रमको अबसरमा बोल्दै कार्यपालिका सदस्य हिमाकुमारी खरेलले विदेशमा रहदाँ पनि गाँउघरको आमा समुह र कल्वको लागि सहयोग गरेकोमा धन्यवाद दिदै रकमको सहि सदुुपयोग गर्न आमा समुह र कल्वलाई आग्रह गरिन् । 

उता सम्मान ग्रहण गर्दै शसिराम रानाले आफ्नो समाज निमार्ण गर्नको लागि आफै लाग्नुप्रर्ने बताउदै आगामि दिनमा आमा समुह र कल्वको लागि आबश्यक सहयोग गर्न समेत तयार रहेको बताए । 

वडा सदस्य सर्ज बहादुर अधिकारी, राना सेवा समाजका अध्यक्ष डिल बहादुर रानाले बोलेको कार्यक्रममा आमा समुहका सचिव तारा रानाको स्वागत अध्यक्ष नरि रानाको अध्यक्षता एंव समुहकी सदस्य कृष्णा सुनार रानाको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै