ताजा अपडेट

समचार

संसदलाई देउवाको सम्बोधन– संविधान संशोधनमा सहयोग गर्छौं ।

हेम बिश्वकर्मा

२ फागुन, काठमाडौं ।

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेसले सहयोग गर्ने बताएका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको बताए ।

Image result for देउवा

आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गर्न खोजेपनि सफल नभएको स्मरण गर्दै उनले भने, ‘सरकारले त्यतातिर अघि बढ्न खोजेको सुन्दा सुशी लागेको छ । यसमा सफलता मिलोस् ।’

हिजो संविधान संशोधन राष्ट्रहितमा छैन भन्नेहरु पनि संशोधनमा पक्षमा आएको भन्दै खुसी व्यक्त गरे ।

उनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न पनि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

Top