ताजा अपडेट

समचार

शिसाखानी माध्यमिक विद्यालयमा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विदाई गरे ।

हेम बिश्वकर्मा , फागुन - २५

शिसाखानी माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. ३ मा आज एक कार्यक्रमका विच कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका छन्। 

कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नर वहादुर प्रटेल, प्रधानाध्यापक होम वहादुर घर्ति, कक्षा १० का विजय श्रीस, हिमा घर्ति, कक्षा ९ का आशिका घर्ति लगाएतले शुभकामना तथा विदाई मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुले विद्यालयको लागी मायाको चिनो तथा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो हस्तान्तरण गरेका थिए । कार्यक्रम कक्षा ९ का ममता घर्तिको अध्यक्षता तथा कक्षा ९ कै प्रकाश घर्तिको संचालनमा सम्पन्न भएको थियो । 

 
Top