• १२ बैशाख २०८१, बुधबार
  • १८:१५:२६

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

बागलुङमा एकै दिन २ दुर्घटना, एक जनाको ज्यान गयो 

बागलुङ: बागलुङको तमानखोला गाउँपालिका १ मा पिक अप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाईते भएका छन् । गाउँपालिकाको मुकाम रहेको बोङ्गादोभान बजारबाट तमानखोला १ को पैरातर्फ जाँदै गरेको गाडी नम्बर ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उक्त दुर्घटनमा अन्य पाँच जना गम्भी घाईते भएका छन् ।

घाईतेहरु तीन जनालाई प्रभुको हेलिकप्टरबाट पोखरा स्थीत गण्डकी अस्पतालमा उपचारका लागि पठाईएको छ भने अन्य दुई जनालाई पनि हेलिकप्टरबाट पोखरा पठाउने तयारी भएको छ । चालक सहित ६ जना सवार रहेको उक्त पिकअप जिप महभिर भन्ने स्थानमा सडकबाट दुई समय मिटर तल खसेको तमानखोलाबाट झकबहादुर बुढाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले भने दुर्घटना भएको र घटनाको विवरण आउन बाँकी रहेको जानकारी दिएको छ । 

यस्तै आजै गलकोट नगरपालिका वडा नम्बर १ काउछेमा ट्याक्सी दुर्घटना भएको छ । सडक छेउमा रोकेर राखिरहेको ध १ ज ५७० नम्बरको ट्याक्सी अचनाक गुडेर दुर्घटना भएको इलाका प्रहरी कायालय गलकोटका प्रहरी निरीक्षक अर्जुन बम मल्ले जानकारी दिनुभयो । लामो समय नचलाई राखेको ट्याक्सी चालकले स्टार्ट गरेर सडक छेउमा राखेर बाहिर गएको समयमा ट्याक्सी गुडेर दुर्घटना भएको भन्दै सडकबाट २० मिटर तल खसेको मल्लको भनाई छ । दुर्घटनामा मानवीय क्षति भने नभएको उहाँको भनाई छ ।


 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै