ताजा अपडेट

समचार

गुल्मी महोत्सवमा स्थानिय तह स्तरिय दोहोरी प्रतियोगीता , थप आर्कषणमा हेलिकप्टर को व्यवस्था ।।

अनिल खत्री

 

 

१९ चैत गुल्मी ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा सुरु भएको तेस्रो गुल्मी महोत्सवमा थप आर्कषक बनाउन भन्दै लोक दोहोरी प्रतियोगीता सुरु भएको छ । महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले स्थानिय तह स्तरिय ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिएको हो । शुक्रवारबाट चलेको महोत्सवको चौथो दिनबाट दोहोरी प्रतियोगीता राखिएको छ ।

शुक्रवारबाट सुरु भएको महोत्सवको चौथो दिन अर्थात चैत १९ गतेबाट २५ गते सम्म रम्बा चाउचाउको प्रयोजनमा जिल्लाका स्थानिय तह स्तरिय दोहोरी गीत प्रतियोगीता सञ्चालन हुँदैछ ।  गुल्मी रम्बा तारा दोहोरी प्रतियोगिताको लागी १० वटा स्थानिय तहबाट सहभागिता रहेको महोत्सव साँस्कृतिक कार्यक्रम संयोजक अनुपकुमार श्रेष्ठले जानकारी दिए ।

पहिलो दिन जिल्लाको मुसिकोट नगरपालिका र धुर्कोट गाउँपालिका बिच दोहोरी प्रतियोगीत हुँदै छ । प्रत्येक दिन हुँने लोक दोहोरी प्रतियोगीतामा दुई समुह बिच हुने मध्ये एउटा समुह सेमी फाइनल हुँदै फाइनल प्रतियोगीतामा सहभागी हुँदै जाने लोक दोहोरी प्रतियोगीत संयोजक जनक पन्थले जानकारी दिए । एउटा समुहमा ४ जना दोहोरी गाउँने प्रतिस्पर्धी रहने छन् ।

समुहबाट उत्कृष्ट हुने स्थानिय तहले रम्बा चाउचाउको तर्फबाट नगद रु ३० हजार द्धितिय हुनेले २० हजार र तृतिय हुनेले १५ हजार पाउने आयोजकले जनाएको छ । गुल्मी जिल्लामा प्रत्येक २ वर्षको अन्तरालमा हुँने महोत्समा प्रत्येक महोत्सवमा नयाँ प्रतिभा खोज्ने प्रयास स्वर कार्यक्रमहरु हुँदै आएका छन् ।

प्रथप गुल्मी महोत्सवमा गायन क्षेत्रका प्रतिभालाई अगाडी ल्याउने उदेश्यले प्रतियोगीत राखिएको थियो । त्यस्तै दोस्रो गुल्मी महोत्सवमा नृत्य क्षेत्रलाई अगाडी ल्याउने उदेश्यले डान्स प्रतियोगीता राखिएको थियो ।

गुल्मी महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषाहरुलाई उजागर गर्ने उदेश्यले महोत्सव मार्फत नयाँ प्रतिभालाई प्रोत्साहन स्वरुपमा यस्ता कार्यक्रम राखिएको महोत्सव मुल आयोजक समिति संयोजक एबं बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव चलिरहेको छ ।

महोत्सवमा गुल्मीमा उत्पादित बिभिन्न कृषि जन्य सामाग्रीहरुलाई मुख्य प्रथामिकता दिँदै ढिकी, जातो,मान्छेबाट कोल घुमाएर उखु पेल्ने, लगायत लोप उन्मुख हुन लागेका बिभिन्न पुराना सामाग्रीहरु प्रर्दशन गरिएको छ ।  महोत्सवको अबसरमा  बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिएको थियो ।

महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँइएको छ ।  महोत्सवमा १ लाख ५० हजारले अबलोकन गर्ने अपेक्षा लिएको छ ।

महोत्सवबाट कुल १२ करोड भन्दा वढी कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा २ सय ८० स्टल रहने भएका छन् । कुल स्टल मध्ये ४० वटा स्टलहरुमा कृषि जन्य उत्पादित सामाग्रीहरु तथा बिउ बिजनहरु,बाँस तथा निगालो,सेरामिक्सबाट बनेका सामाग्रीहरु राखिएको स्टल संयोजक बाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिए ।

अरु बाँकी स्टलहरुमा औधोगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरु राखिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।  महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।

गुल्मी महोत्सवमा थप आर्कषणमा हेलिकप्टर को व्यवस्था

   img

  • ON-AIR

    Music Express

    Time:1:05 pm

  • UP-NEXT

    थाहा अपडेट

    Time:2:00 pm

Powered By: i-Tech Nepal
Top