ताजा अपडेट

समचार

ऐतिहासिक थानपती मन्दीरको व्यावस्थापनको लागि कार्ययोजना तर्जुमा समितिको गठन ।

हेम विश्वकर्मा

२ भाद्र ग्वालीचाैर ।

बडिगाड गाउँपालिका वडा नं. ५ मा रहेको ऐतिहासिक थानपती मन्दीरको व्यावस्थापनको लागि कार्ययोजना तर्जुमा समितिको गठन भएको छ।

आज भएको भेलाले वेद प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यिय समितिको गठन गरेको हो। जसको सदस्यहरुमा हरि घिमिरे, दिपक कुँवर, प्रकाश घिमिरे, र यदु पौडेल रहनुभएको छ।

पौंदिवासिहरुको आस्थाको केन्द्रको रुपमा रहेको मन्दिर व्यावस्थापन हुन नसकेको भन्दै थप व्यावस्थापन तथा निर्माणको लागि आवश्यक अध्ययन समितिले गर्ने जनाइएको छ।

आज भएको भेलामा वडिगाड गाउँपालिका का अध्यक्ष मेयर सिंह पाइजा, वडा नं। ५ का अध्यक्ष अर्जुन खरेल, भानु माविका प्रअ केशव खरेल, हरि घिमिरे, विष्णु प्रसाद आचार्य, कमल पौडेल, उदय खरेल, कमलराज आचार्य, दिपक कुँवर लगाएतले वोल्नुभएको थियो।

कार्यक्रम थानपती मन्दीर व्यावस्थापन समितिका अध्यक्ष लोकनाथ घिमिरेको अध्यक्षता तथा कृष्ण प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो।

Top