• ७ बैशाख २०८१, शुक्रबार
  • १०:०५:१६

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बडिगाडका रमेशको उपचारका लागि सहयोगको याचना

बागलुङ । बडिगाड गाउँपालिकाका एक किशोरको परिवारले छाला रोगको उपचारका लागि सहयोगको याचना गरेका छन् । बडिगाड गाउँपालिका–७ थामका १६ वर्षीय रमेश परियारको परिवारले जन्मजात छालाको समस्या उपचारका लागि सहयोगको याचना गरेका हुन् ।

रमेश छालाको समस्याका कारण बाहिर हिँडडुल गर्न सक्दैनन् । कमजोर आर्थिक अवस्था भएका कारण उनको उपचार पनि हुन सकेको छैन । परियारको छाला समस्याबारे रेडियो सारथी सहित विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन, प्रशारण भएपछि अस्ट्रेलियाबाट केही आर्थिक सहयोग प्राप्त भएको तर त्यतिले उनको उपचार गर्न पर्याप्त नभएको रमेशका बुबा नन्दबहादुर परियार बताए ।

जन्मजात नै छालाको अनौँठो रङ–अस्वभाविक रुपमा कालो र बाक्लो छाला । रोग बल्झिदै गएपछि अहिले रमेश परियार हिँडडुल गर्नसमेत सक्दैनन् । पाँच भाइमध्ये माइला छोरालाई छालासम्बन्धी रोगले नछोडेपछि अभिभावक चिन्तित छन् । 

नियमित उपचार पाउन थालेपछि हाल रमेशको स्वास्थ्यमा भने केही सुधार आएको र लठ्ठीको साहाराले सामान्य हिँड्डुल गर्न सक्ने भएको परियारले सुनाए ।  रमेशका जेठा दाजु वैदेशिक रोजगारमा छन् । पाँच दाजुभाइमध्ये रमेश बाहेक सबैको अवस्था भने सामान्य छ ।

आफ्नै खर्चमा ६/६ महिनामा काठमाडौँ, सानेपास्थित अपाङ्गमैत्री अस्पतालमा लैजाने गरिएको पारिवारले जनाएको छ । आर्थिक स्रोत कम हुँदा सहयोग रकमको मात्रै भरपर्नु परेको र त्यसमा पनि पछिल्लो समय आउन छाडेकाले उपचारमा समस्या भइरहेको परिवारले बताएको छ । “सेवा नै धर्म हो भन्ने भावना भएका मनकारी व्यक्तिबाट सहयोग पाए सजिलो हुन्थ्यो”, बुबा नन्दबहादुर परियारले भने ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै