• १३ बैशाख २०८१, बिहीबार
  • ०६:०८:३६

Now: कायाकैरन

Next: राष्ट्र र सँगीत

युवालाई सरकारले संरक्षण गर्न नसकेको कारण समस्या फस्दै गए : शार्मा

बागलुङ । अखिल नेपाल युवक संघ बाग्लुङको आँउदो बैशाख २४ र २५ गते गलकोटमा हुने १ औं जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा बागलुङ नगरपालिका वडा नं. १२ को वडा भेला आज अमलाचौर सम्पन्न भएको छ । 

कार्यक्रमका अखिल नेपाल युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले नेपाली युवाहरू आफ्नो हक अधिकारको खोजी गर्नको निम्ति सचेत र संगठित हुनु पार्ने कुरामा जोड दिदै युवाहरूलाई सरकारले संरक्षण गर्न नसकेको कारण झन-झन समस्या फस्दै गएको बताउनुभयो । 

शार्माले रोजगारीको लागि बिदेश नै जानुपर्ने युवाको बाध्यता रहेकोले युवाहरू विहिन गाउँ भएकोले देशलाई समृद्धिको बाटोमा लैजान सक्ने युवाको सिप, क्षमता र साहसलाई राज्यले चिन्न नसकेको जिकिर गर्दै  रेमिट्यान्सले मात्र मुलुक समृद्धि नहुने उहाँले बताउनुभयो । यस्तै उहाँले अन्याय, अत्याचार र शोषण, दमन र भ्रस्टाचार विरुद्ध युवाहरू आन्दोलित समेत उहाँले अनुरोध गर्नुभयो । 

सोहि अबसरमा भेलाले रमेश शर्माको अध्यक्षता ७ पुर्ण, २ बैकल्पिक गरि  ९ सदस्यीय र ३ सल्लाहकार रहेको अखिल नेपाल युवक संघ वडा समिति अमलाचौर, चयन गरेको छ । जसको सचिवमा बबिता रामधाम, कोषाध्यक्षमा प्रकाश पौडेल साथै सदस्यहरुमा बिनोद पौडेल, दिपेन्द्र शर्मा, सागर सुनार र संगीता आचार्य पुर्ण सदस्य हुनुहुन्छ भने, बैकल्पिक सदस्य भवानी नेपाली र यज्ञ बहादुर नेपाली रहनु भएको छ । सल्लाहकार सदस्यमा ऋषिराम शर्मा,सुजाता शर्मा, कृष्ण चापागाईं रहनु भएको छ ।  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै