• १२ बैशाख २०८१, बुधबार
  • ०८:५७:१७

Now: कोरोना क्यापशुल

Next: नेपाल खवर

बडिगाडका शिक्षकहरुको पेशागत संगठनद्धारा गाउँपालिकामा संयुक्त रुपमा ज्ञापन पत्र पेश

बागलुङ । बडिगाड गाउँपालिका भित्रका शिक्षकहरुका पेशागत संगठनहरुले गाउँपालिका कार्यालयमा संयुक्त रुपमा १६ बुँदे ज्ञापन पत्र पेश गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक संघ र एकिकृत अखिल नेपाल शिक्षक संगठनले बडिगाड गाउँपालिका शिक्षा शाखा मार्फत भएका र हुँदै गएका शिक्षा संग सम्बन्धित विषयमा असहमति राख्दै सच्याउन ज्ञापनपत्र बुझाएका हुन् । 

संघ संगठनहरुसँग विगतमा भएका समझदारीमा गाउँपालिकाले ध्यान नदिएको, शिक्षा तर्फ छुट्याइएको बजेट, शैक्षिक उपलब्धि र खर्च विवरण सार्वजनिक नगरिएको, विद्यालय समायोजन सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन नभएको, शिक्षक तालिम, शिक्षकको पेशागत विकास लगाएतमा गाउँपालिकाको ध्यान नगएको लगाएतका विषयमा ध्यानाकर्षण गराउँदै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा तथा प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदी समक्ष ज्ञापन पत्र बुझाएको हो । 

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष वेद प्रसाद पोखरेल, नेपाल शिक्षक संघका अध्यक्ष दिननाथ पौड्याल, अखिल नेपाल शिक्षक संघका अध्यक्ष शिवलाल वन र एकिकृत अखिल नेपाल शिक्षक संगठनका सचिव प्रकाशचन्द्र घिमिरेको हस्ताक्षर सहितको ज्ञापन पत्रमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थित सञ्चालन गर्न आग्रह गरिएको छ । व्यवस्थित प्रतियोगीता सञ्चालन नभए विद्यालयले वहिस्कार गर्ने समेत चेतावनी दिइएको छ । 

तर बडिगाड गाउँपालिकाले शिक्षक संघ संगठनले आरोप लगाएजस्तो समस्या नभएको र आपसि सम्बादवाटै समस्याको समाधान हुने सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा नं. ३ का अध्यक्ष खड्क पुनले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै