• १३ बैशाख २०८१, बिहीबार
  • १९:०८:०६

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

पिछडिएका जनताको लागि लडिरहेका छौं : नेपाली

गुल्मी । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले आफूहरु गरिब पिछडिएका जनताहरूको मुक्तिको लागि लडिरहेको बताउनुभएको छ । नगरप्रमुख  नेपालीले शुक्रबार मुसिकोट नगरपालिका ७ वामि टक्सारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । 

नगरप्रमुख नेपालीले यो देशमा दलित समुदायको उत्थानको निम्ति धेरै आन्दोलनहरू भएको स्मरण गर्दै आफ्नो अधिकार सुनिश्चिताको लागि सबै दलितहरु एकजुट हुनुपर्ने धारणा समेत व्यक्त गर्नुभयो ।

परियार  उत्थान मन्च मुसिकोट नगरपालिका गुल्मी को प्रथम नगर सम्मेलन समुद्घाटन समारोहमा नगरप्रमुख देवकुमार नेपालीले आफ्नो जाति समुदाय र क्षेत्रलाई अगाडी बढाउनका लागि सबै एकताबद्ध भएर अगाडि बढ्न सकेमा मुक्ति हुने कुरा समेत बताउनुभयो । 

सोहि अबसरमा नेपालीले मुसिकोट नगरपालिकाका बिभिन्न वडामा बसोवास गर्ने दलित समुदायका छोराछोरीहरुको शिक्षामा खर्च गर्ने गरीे श्रीमती छेला नेपालीको नाम रहने गरी रु २ लाख १ हजारको अक्षयकोष घोषणा गर्नुभएको छ ।

अक्षय कोषको वार्षिक ब्याजबाट मुसिकोट नगरपालिकाका दलित समुदायका छोरा छोरीहरु लागि आवश्यक पर्ने शौक्षिक सामार्गि वितरण गर्ने गरी काम अगाडि बढाउन पनि नेपालीले आग्रह गर्नुभयो । समुद्घाटन समारोह परियार मन्चका अध्यक्ष मुमबहादुर परियारको अध्यक्षता, प्रबिणा परियारको स्वागत मन्तब्य तथा अर्जुन परियारको सन्चालनमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै