• ८ बैशाख २०८१, शनिबार
  • ०७:५८:३१

Now: शुभविहानी

Next: थाहा अपडेट

एमालेको श्रद्धान्जली शभा सम्पन्न रिघा फेदिमा सम्पन्न 

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी एमाले गलकोट नगरपालिका वडा नं. ११ रिघा टोल तथा वडा कमिटि फेदीको आयोजनामा आज श्रद्धान्जली शभा सम्पन्न भएको छ । 

एमालेका टोल कमिटि सदस्य कृष्ण कुमाल र शुभचिन्तक धन बहादुर कुमालको आमा देविकलि कुमालको ६४ वर्षको उमेरमा यहि चैत्र ३ गते भएको निधनप्रति एमालेले श्रद्धाञ्जली सभाको आयोना गरेको हो ।

आज ५ औं दिनको पुष्ण तिथिको अबसमरमा उहाँकै निवासमा सम्पन्न सभामा एमालेका जिल्ला सदस्य तथा गलकोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर बहादुर श्रीसले देवकलिले पार्टिमा रहदाँ गरेको कामको प्रशाँसा गरे भने, टोल विकाश समितिका अध्यक्ष कल बहादुर रानाले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न परिवारजनलाई आग्रह गरे । 

एमाले टोल कमिटि फेदीका अध्यक्ष बाबुराम कुमालको अध्यक्षता रहेको शोक सभाको संचालन भने सचिव जितेन्द्र रानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै