• ७ बैशाख २०८१, शुक्रबार
  • १४:३५:१०

Now: संगित सरगम

Next: नेपाल खवर

गुल्मीका गाउँगाउँमा बालविवाहविरुद्ध सडक नाटक

गुल्मी : मालिका गाउँपालिकाले उमेर नपुगी विवाह गर्नु हुँदै भन्ने जनचेतना जगाउन सडक नाटक देखाउँदै आएको छ । अझै पनि उमेर नपुगी विवाह गर्ने चलन रहेकाले त्यसविरुद्ध जनचेतना जगाउन सडक नाटक देखाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आठवटै वडामा सडक नाटकको माध्यमबाट सचेतना फैलाएको गाउँपालिकका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरीले बताए । २० वर्ष पूरा नगरी विवाह गर्दा महिला र पुरुषमा शारीरिक परिपक्वता पनि नआउने भएकाले सडक नाटकको माध्यमबाट त्यसबारे सचेतना फैलाएको गिरी बताउँछन् ।  

सडक नाटकको माध्यमबाट सचेतना फैलाउँदा प्रभावकारी हुने भएकाले प्रत्येक वडामा अभियान नै सञ्चालन गरेको उनको भनाइ छ । नाटकमा उमेर नपुगी विवाह गर्दा हुने कानुनी प्रावधान र समस्याबारे जानकारी दिइएको छ ।

सडक नाटक प्रदर्शनका लागि दुई लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै