• १६ चैत २०८०, शुक्रबार
  • ०४:३४:४९

Now:

Next: शुभारम्भ धुन

झण्डै ३८ लाख लागतमा मुसिकोटकाे नेटाखर्कमा आधारभुत स्वास्थ्य केन्द्रको सेवा सुरु 

तस्बिर : महेन्द्र घिमिरेकाे फेशबुकबाट

गुल्मी । मुसिकोट नगरपालिका वडा नं ४ नेटाखर्कमा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । केन्द्रको भवन उद्घाटनसगैं आजैबाट स्वास्थ्य सेवा सुचारु हुने गरि सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारको झण्डै ३८ लाख लागतमा निर्माण स्वास्थ्य केन्द्रको भवन सगैं स्वास्थ्य सेवाको नगरपालिकाकी उपमेयर कमला शर्माले उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा बोल्दै उपमेयर शर्माले नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा लगानी बढाएको भन्दै आधारभूत स्वास्थ्य उपचार पाउने नागरिकको अधिकार सुनिश्चित गराउन आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

साथै उहाँले कोरोना महामारीकाबीच स्वास्थ्यकर्मी र शिक्षकहरुले खेलेको भुमिकाको उच्च प्रशशां गर्दै आगामी दिनमा पनि विपदको समयमा सबै एकजुट भएर सामना गर्नुपर्ने स्पष्ट पार्नुभएको थियो । उक्त भवनबाट अब सहज रुपमा स्वास्थ्य सेवा प्रदान हुने जानकारी दिँदै नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले स्वास्थ्य केन्द्रबाट खोप सेवा, ओपिडी लगायतका अन्य सेवा सहज रुपमा उपलब्ध हुने बताउनुभएको थियो । 

यस अगाडी वडागाउँको उक्त क्षेत्रका स्थानीयहरुले सामान्य स्वास्थ्य समस्या हुँदा पनि वडा नं ३ मा रहेको वडागाउँ स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य चौकीमा सेवा लिन जान बाध्य थिए । तर नेटाखर्कमै आधारभूत स्वास्थ्य केन्द्रको स्थापना भएपछि सेवा लिन सहज हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

वडा नं ४ मा कुनै पनि स्वास्थ्य संस्था नभएको अवस्थामा उक्त स्वास्थ्य केन्द्रबाट नियमित रुपमा ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुने भन्दै जिसीले वडा नं ४ बासीलाई स्वास्थ्य केन्द्रको स्थापनाबाट ठुलो राहत मिल्ने अपेक्षा व्यक्त गर्नुभयो । उक्त अवसरमा स्वास्थ्य केन्द्रलाई निशुल्क रुपमा ३ रोपनी जग्गा उपलब्ध गराउने जग्गादाताहरु फनि कुमारी सर्तुङ्गी र नाती मिलन सर्तुङ्गी मगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाको वन वातावरण विकास समिति सयोंजक सत्या कुमारी जिसी, नेकपा नगर कमिटी अध्यक्ष खुम बहादुर थापा, नगरपालिकाका प्रशाशन शाखा प्रमुख प्रकाश घिमिरे लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा वडा नं ४ का वडाकमिटी अध्यक्ष विष्णु बहादुर बगाले, सदस्य महेन्द्र बगाले र नेकपा नगरकमिटी अध्यक्ष खुमबहादुर थापा लगायतले बोल्दै सविंधानले प्रदान गरेको अधिकारलाई संरक्षण गर्दै जनताको घरदैलोमै स्वास्थ्य सेवा पहुँच विस्तार गरेको भन्दै नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । केशव सिहंको स्वागत मन्तव्य रहेको कार्यक्रममा वडाध्यक्ष ओम बहादुर केसीको अध्यक्षता र स्वास्थ्य केन्द्र प्रमुख कृष्ण प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै