• १६ चैत २०८०, शुक्रबार
  • ०१:५२:५९

Now:

Next: शुभारम्भ धुन

आज विश्व जल दिवस : पृथ्वीको ३ प्रतिशत मात्रै पानी पिउन योग्य

काठमाण्डाै । आज विश्व जल दिवस हाे । मार्च २२ काे दिनलाई विश्व जल दिवसकाे रुपमा मनाइँदै आएकाे छ । 'पानीलाई महत्व दिउँ' भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि याे दिवस मनाइँदैछ ।

पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन आज कार्यक्रम हुँदै छन् । अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको थियो । त्यस पछि सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।

विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको छ । तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य छ । विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको छ । विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव छ । पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या बढ्दो छ ।

बढ्दो शहरीकरणका कारण केन्द्रीय राजधानी काठमाण्डौ उपत्यकामा नै पानीको अभाव छ । उपत्यकाका धेरैजसो धारामा पानी नै आउँदैन । यस्तै, जलवायु परिवर्तनको असरले हिमाल पग्लिन थालेकोले पनि यसको संरक्षणमा चुनौती बढेको छ ।  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै