• १३ बैशाख २०८१, बिहीबार
  • १५:२३:१९

Now: लोकछहारी

Next: थाहा अपडेट

आस्था कहिल्यै ढल्दैन !

कुवेत । पश्चिम गुल्मिको सुन्दर गाउँ साबिकको पौदी अमराई गाबिस वडा न१,पौदी अरेवामा जन्मिएको मान्छे, आफ्नै गाँउको बिद्यालयमा निमावि तहसम्म अध्यन गर्दै माध्यमिक तह अध्यनको लागि गाउदेखी अल्लि टाढा जानुपर्ने अवस्था अनुसार २०४६ सालमा श्री महेन्द्र आदर्श माध्यमिक बिधालय वामिटक्सार गुल्मिमा कक्षा ८ मा अध्यन गर्दै थिय ।

सोही बर्ष नेपालमा पन्चायती ब्यबस्थाको विरुद्ध बहुदलीय ब्यबस्थाको लागि आन्दोलनको आधि चलिरहेकै थियो । उक्त आन्दोलनको प्रभाव शहरका बस्ती, बस्ती र गाउँ गाउँमा थियो । साथै आन्दोलनमा जनताको उल्लेख्य सहभागिता हुने गर्दथ्यो ।  त्यतिबेला अहिलेको समयमा जस्तै प्रबिधिको बिकाश, सामाजिक  संजाल, फोनको सेवा, स्वतन्त्र पत्रकारिता र वाक स्वतन्त्रता नभएको हुदाँ हामी राजनीति धेरै टाढा थियौ ।

तर पनि हामी बिद्यार्थीहरु जान्न र बुझ्नको लागि उत्सुक थियौ । एकदिन बिधालयका अगुवा बिद्यार्थी साथिहरुले भुवाचिदिको चिदिचौरमा पन्चायती ब्यबस्थाको विरुद्ध आन्दोलनको कार्यक्रम भएको र कार्यक्रममा जानुपर्छ भन्ने प्रस्ताव राख्नुभयो । साथिहरुको प्रस्तावलाई सहर्ष स्विकार्दै बिद्यालय गएका हामि त्यो कार्यक्रममा सरिक भयौ । कार्यक्रम चलिरहेकै थियो, कुनै पन्चायत समर्थक ब्याक्तिले प्रहरी प्रशासनमा सुराकी गरि कार्यक्रम बिधोल्ने र अगुवा बिद्यार्थीहरुलाई धरपकड गर्ने योजना बनाएछन ।

सोही सुराकिको आधारमा प्रहरी कार्यक्रम स्थलतिर आउदै गरेको थाहा पायौ र हामी भाग्न बाध्य भयौ । केही साथिहरुलाइ प्रशासनले समात्न सफल पनि भयो । क्रमिक रुपमा दिनप्रतिदिन आन्दोलनको जनसागर उर्लिदै गयो । जन्ताको अजय शक्ति र एकता झन झन बलियो हुँदै गयो ।

अन्ततः जन्ताको बलिदानिपुर्ण शक्तिको सामु पन्चायती ब्यबस्था घुडा टेक्न बाध्य भयो र ढल्यो र बहुदलीय ब्यस्थाको घोषणा भयो । बहुदलीय ब्यबस्थाको आगमन पछि सुराकी गरेको आरोपमा (चिदिकाचौर कार्यक्रम) एकजना स्थानीय शिक्षकलाई कालोमोसो र जुत्ताको माला सहित वामी बजार परिक्रमा गराएको दिन पनि ताजै छ।

बहुदलीय ब्यबस्थाको पछि  (निमाबी तह) कक्षा ७ पास गरेको सर्टिफिकेट नभएको हुदा उक्त बिद्यालयबाट छुटेर हामि भानु माबि ग्वालीचौर बाग्लुङमा भर्ना हुनुपर्यो । तत्कालीन अबस्थामा भानु माबि ग्वालीचौरको बिद्यामन्दिरमा छात्रबासको ब्यबस्था भएका कारण पश्चिम बाग्लुङका विभिन्न स्थान जस्तै बुर्तिबाङ्ग, भिमगिठे अधिकारिचौर, जलजला, दगातुन्डाडा र गुल्मि जिल्लाका पौदी अमराइ र नेटा गाबिसका बिद्यार्थीहरु प्रशस्तै थिय ।

२०४६ सालमा स्वभाबिक रूपले हामी भानु माबिका बिथार्थिहरुमा पनि राजनैतिक माहोल तातेको थियो । उक्त बिद्यालयमा नेपाल बिद्यार्थी संघको राम्रो स्थिती थियो । साथसाथै अनेरास्ववियु पाचौं र छैठौको  पनि अबस्था राम्रै थियो । ग्वालीचौर भन्दा बाहिरबाट आएका बिद्यार्थीहरु अनेरास्ववियु छैठौ समर्थित थियौ । त्यो राजनैतिक सरगर्मी देखी म पनि अछुतो रहन सकिन ।

हामी गुल्मि जिल्ला साबिकको पौदी अमराइ गाबिस १, २ र ९ र मुसिकोट गाबिस देखि कक्षा ८ मा अध्यन गर्ने १९/२० जना बिद्यार्थीहरु मध्य धेरैजसो अनेरास्ववियु छैठौ समर्थन गर्दथियौ । सोही बिद्यालय बाट गण्डकी प्रदेश, बाग्लुङ जिल्ला क्षेत्र न.२ ख बाट राष्ट्रिय जनमोर्चाका प्रदेश संसाद स्व टेक बहादुर घर्ती ज्युले पनि एसएलसी दिनुभएको थियो । स्व घर्ती प्रती उच्च संमान सहित हार्दिक श्रद्धासुमन व्यक्त गद्र्छु । साथै भानु माबि ग्वालीचौर देखि नै अखिल छैठौ बाट राजनैतिक यात्रा सुरु गर्नुभएका साबिक दगा तुन्डाडा ९, सकन्यार निबासी विष्णु भुसाल पछि संगठन परिवर्तन गरि नेकपा एमाले हुँदै बाग्लुङ जिल्ला समन्वय समितिको उपप्रमुख हुनुन्छ ।

दुबै कमरेडहरुको अखिल छैठौं बाट सुरु भएको यात्रा र राजनैतिक उचाई प्रति संमान छ । उक्त बिधामन्दिरमा कहिलेकाही हामि बिद्यार्थी संगठनहरु बिच सामान्य बादबिबाद झैझगडा हुने गर्दथ्यो । अझै भन्नुपर्दा पाचौं र छैठौको बिच बढी हुनेगर्दथ्यो । बास्तबमै भन्नुपर्दा म २०४६ सालदेखी नै नेपाल कम्युनिस्ट पार्टी मसालको बिद्यार्थी संगठन अनेरास्वबियु छैठौंको साधारण सदस्य थिए ।

२०४८ सालको एसएलसी र नतिजा प्रकाशन भएपछि पनि मेरो एक वर्ष खालि रह्यो । त्यसैगरी २०५० सालमा उच्च शिक्षाको लागि श्री जनबोध उच्च माबि बम्घा बलेटक्सार रानिबास गुल्मीमा भर्ना भएको थिए । त्यतिबेला गुल्मी जिल्लाभर दुई ओटा मात्र उच्च माबी रानिबास गुल्मी र धुर्कोट बस्तुमा मात्रै थिए । मैले अध्यन गर्ने बिद्यालयमा नेपाल कम्युनिस्ट पार्टी मालेको बिद्यार्थी संगठन अनेरास्ववियु पाचौंको एकाधिकार नै थियो ।

७/८ सय बिद्यार्थी संख्या भएको उक्त बिद्यालयमा दुई बर्ष सम्म अध्यन गर्दा कुनै पनि बिद्यार्थीहरुले खुलेर म र हामि नेबि संघ हौ भन्ने अवस्था थिएन र देखिन । केही न्यून साथिहरु अखिल छैठौं समर्थन गर्नुहुन्थ्यो । म कक्षा ११ मा अध्यन गर्दै गर्दा तत्कालीन अनेरास्ववियु छैठौका जिल्ला अध्यक्ष कमरेड रण बहादुर खातिको बिशेश उपस्थितिमा अनेरास्ववियु छैठौको उच्च माबी इकाई समिति मेरो अध्यक्षतामा गठन भएको  थियो ।

दुई बर्षको अबधिमा बिस्तारै हाम्रो संघठनको अवस्था र बिद्यार्थी संख्यामा सुदृढ हुदै गएको थियो । कक्षा ११/१२ को अध्यन पूरा नहुँदै बिद्यालय छोडेर कता कता बराल्लिन पुगे । त्यसपछिको उक्त बिद्यालयमा साङ्गठनिक अबस्था बारे अनभिज्ञ छु ।

आफ्नो अध्यन स्थगित पछी पनि म निरन्तर नेकपा मसालको जनबर्गिय संगठन अखिल नेपाल युबक संघ र राजमो गाउँ कमिटिमा रहेर काम गर्नुकासाथै गाउँँमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरुको आयोजक र अग्र पङ्गतिमा रहेर नेतृत्व पनि गरियो । हाम्रो वरपरको क्षेत्रमा हुने हरेक कार्यक्रममा ३/४ घन्टा सम्म पैदल हिडेर, मुसिकोट देउराली, बडा गाउँ, दर्लामचौर, नेटा, वामिटक्सार त्यसैगरी बाग्लुङ जिल्लाका दगातुन्डाडा, खर्बाङ्ग, ग्वालीचौर, खार , खाल, भिमगिठे र बुर्तिबाङ्ग सम्म पार्टीका सबै जनबर्गिय संगठनहरुका कार्यक्रममा सहभागी भइ आर्थिक नैतिक र भौतिक सहयोग गरिन्थ्यो ।

विशेषगरी रक्तिम कार्यक्रम कहिल्यै छुटाइएन । जिल्ला स्तरिय कार्यक्रमहरु, रक्तिम सास्कृतिक कार्यक्रम र समय समयमा देउसी भैलो जस्ता कार्यक्रमहरु आफ्नै गाउँ ठाउँमा पनि हुने गद्थ्र्याै र ती सबै कार्यक्रमको ब्यवस्थापन गरिन्थ्यो । तत्कालीन अबस्थामा जन सहभागिता र समर्थन राम्रै हुन्थ्यो ।

२०४८ सालको संसदिय निर्बाचनमा पार्टीको निर्देश अनुसार चुनाव बहिष्कार गर्ने कार्यक्रम रह्यो । बहिष्कार कार्यक्रमको लागि प्रचारप्रसारको व्यापकताले हामी आफ्नो गाउँमा केही हदसम्म सफल भएका थियौ । त्यसैगरी किसान संघले २०५६/५७ मा एक महिना सम्म चलाएको किसान मोर्चमा मुसिकोट देउराली देखि समाहित भएर पौदी अरेवा, अमराई, थाम हुँदै नेटा दर्लिङ्ग, ह्वान्दी अर्खबाङ्ग, अग्लुङ्ग, सिर्शेनी, सिमलटारी र पुर्कोट दहको मालारानी सम्म तत्कालीन पुर्कोट दह गाबिस उपाध्यक्ष पृथ्वी कुवरको घर सम्म पुगेको छु ।

उक्त किसान मोर्चमा प्युठान जिल्लाका बयोबृद्ध किसान नेता बम बहादुर खड्का ज्युको सहभागिताले थप रौनकता पाएको थियो । त्यसैगरी जिल्ला स्तरिय कार्यक्रमहरु गोष्ठी र सम्मेलनमा पनि  सकेसम्म मेरो उपस्थिती हुने गर्दथे । ३/४ बर्ष जति निजि बिद्यालयमा शिक्षण पेशामा सम्लग्नता हुदा, अखिल नेपाल शिक्षक संघ गुल्मिका अध्यक्ष नित्यानन्द अर्यालबाट शिक्षक संघको सदस्यता लिनुका साथै उक्त रसिद अझै पनि सुरक्षित राख्या छु ।

२०४६ सालदेखि अहिलेसम्म आइपुदा पार्टी विभिन्न कालखण्डमा टुट–फुटको सिकार बन्यो । पार्टीका थुप्रै राष्टिङय स्तरका नेतागणहरु डा.बाबुराम भट्टराई, नबराज सुबेदि, बिन बहादुर कुवर र युबराज पन्थी (गुल्मी जिल्लाका नेता) नारायण काजी श्रेष्ठ, दिनानाथ शर्मा, राम श्रीस, परि थापा, गिरधारिलाल न्यौपाने, डिलाराम आचार्य, लिला थापा लगाएत अन्य क्यौ अबसरबादी नेता देखि सयौ कार्यकर्ता र आफ्नै सहकर्मी साथिहरु मुलधार छोडेर दायाँबायाँ लाग्नुभयो ।

यहाँ सम्म कि गाउँका सबै साथि, शुभचिन्तक, समर्थकहरु पार्टी छोडेर ठुला हात्ती पार्टीमा पलायन हुनुभयो । आफ्नै परिवारका सदस्यहरु पनि फरक फरक कित्तामा उभिए तर पनि एक्लो बृहस्पति बनी  कहिल्यै बिचलित नभइ अडिग रहेको छु । कार्यब्यस्तताले संगठनका काम कार्बाही र गतिविधिमा प्रत्यक्ष सहभागी हुन नसकेपनी सात समुन्द्र पारिको कोरोना बस्तिबाट गम्भीरतापुर्बक नियालिरहेको छु ।

अथाह माया र समर्थन गरेको छु । साङ्गठनिक प्रक्रिया अनुसार बुझाउनुपर्ने आर्थिक (बिल भरपाइ र लेबि) बुझाएकै छु । पार्टीको सामान्य समर्थक र शुभचिन्तकको दुष्ट्रिकोणाले मात्रै होइन बर्तमान राजनैतिक परिस्थितिलाई गम्भीरतापूर्वक मुल्यांकन गर्दा म जहाँ छु ठिक ठाउँमा छु । नेताद्वय मोहन बिक्रम सिंह र चित्र बहादुर केसि ज्युको नेतृत्वदायी पार्टीको शुभचिन्तकको हैसियतले गर्व गद्र्छु । त्यसैले त पार्टी टुट–फुट र आकारमा साघुरो हुदा पनि मेरो राजनैतिक आस्था ढलेको छैन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै