• १३ बैशाख २०८१, बिहीबार
  • १३:२९:१०

Now: Music Expreeas

Next: थाहा अपडेट

मिलन सामुदायिक बनको उपभोक्ता भेला सम्पन्न, अध्यक्षमा राकस्कोटी चयन

बागलुङ । गलकोट नगरपालिका वडा नं. ११ मा रहेको मिलन सामुदायिक बनको उपभोक्ता भेला सोमबार सम्पन्न भएको छ ।

साविकको रिघा गाविसको वडा नं. ४, ५, ७ र ८ का वडाबासीको संयुक्त बनको भेलामा बोल्दै वडा नं. ११ रिघाका अध्यक्ष एंव बनका पुर्व अध्यक्ष डम्बर बहादुर श्रीसले सामुदायिक बनलाई समितिले संरक्षण तथा संवर्धन गर्नुप्रर्ने बताए । साथै श्रीसले जिविको पार्जन र वन विनाश रोक्नको लागि पनि सामुदायिक बनले पहल गर्नुप्रर्ने बताए ।

बनकि कोषाध्यक्ष सरस्वति श्रीसले ३ लाख ३४ हजार १ सय ८ रुपौयाको आय व्यय प्रस्तुत गरेको भेलामा नरमया राकस्कोटी अध्यक्ष रहने गरि ९ सदस्या नयाँ समितिको समेत गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा ज्ञानु विक, सचिवमा पौवि भुजेल, कोषाध्यक्षमा सरस्वति श्रीस लगाएत रहेका छन ।  

भेलामा रिघा गाविसका पुर्व उपाध्यक्ष गाँगा भुजेल, सव डिबिजन बन कार्यलय हटियाका प्रतिनिधि प्रेम शार्मा, शितल सामुदायिक बनका अध्यक्ष अभिलाष नेपाली, लगाएतले बोलेका थिए ।  सामुदायिक बनका अध्यक्ष हर्क सिंजालिको अध्यक्षता, समितिका सदस्य तेजेन्द्र श्रीसको स्वागत रहेको भेलाको संचालन भने प्रमिला श्रीसले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै