• १५ चैत २०८०, बिहीबार
  • २१:१६:४९

Now: लघुकथा आँगन

Next: खुलदुली डटकम

आगलागीकाे २३ दिनपछि फेरि सुरु भयाे साेलु एफएमकाे प्रसारण

साेलुखुम्बु । आगलागीका कारण क्षतिग्रस्त भएको सामुदायिक रेडियो सोलु एफएमको प्रसारण २३ दिनपछि फेरि सुरु भएको छ । फागुन १६ गते मध्यराति एफएमको स्टुडियोमा आगलागी भएपछि बन्द भएको प्रसारण सोमवार बिहानदेखि सुरु भएको हो ।

एफएमले पत्तालेकाे रिपिटर टावरमा अस्थायी स्टुडियो निर्माण गरी प्रसारण सुरु गरेको स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिनुभयो । सोलु एफएम अहिलेलाई दैनिक १० घण्टा प्रसारण हुनेछ ।  

आगलागीका कारण रेडियो सोलु समस्यामा रहे पनि नागरिकको सूचना पाउने अधिकारलाई सुनिश्चित गर्न अस्थायी स्टुडियो निर्माण गरी प्रसारण सुरु गरिएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले बताउनुभयो । मुख्य स्टुडियो निर्माण गर्न केही समय लाग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अहिले दोर्पूमा पनि अस्थायी स्टुडियो निर्माणकै क्रममा छौँ अध्यक्ष श्रेष्ठले भन्नुभयो, आधुनिक प्रविधिसहितको स्टुडियो निर्माण गर्न केही महिना लाग्न सक्छ तर हामी प्रसारण रोक्न सक्दैनौँ ।
रेडियोको पुनः प्रसारणका लागि गाउँदेखि देश तथा विदेशबाट सहयोग आउने क्रम अहिले पनि जारी रहेको योङ्ग स्टार क्लबका सूचना तथा सञ्चार विभाग प्रमुख एवम् सहयोग सङ्कलन समितिका संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । रेडियो पुनः प्रसारणमा ल्याउन सहयोग गर्ने सबैलाई सोलु एफएमले धन्यवाद ज्ञापन गरेको छ ।

गएकाे फागुन १६ गते मध्यराति रेडियोको मुख्य कार्यालयमा आगलागी हुँदा प्राविधिक उपकरणसहितका सामाग्री जलेर नष्ट हुँदा एक कराेड १८ लाख रुपैयाँभन्दा धेरैकाे क्षति भएको थियो ।

आगलागीको कारण अझै खुल्न सकेको छैन । विसं २०६१ साल भदौ ११ गतेदेखि फ्रिक्वेन्सी मोडुलेशनको १०१.२ मेगाहर्जमार्फत् १०० वाट क्षमताबाट प्रसारण सुरु गरेको सोलु एफएम आगलागीअघि १००० वाट प्रसारण क्षमतासहित २४ सैँ घण्टा प्रसारणमा रहेको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै