• ११ बैशाख २०८१, मंगलबार
  • २२:५३:१९

Now: खुलदुली डटकम

Next:

गुल्मीका २ स्थानमा आगलागि, नियन्त्रणमा लिने प्रयास जारी

तस्विर : जगत अधिकारी

गुल्मी । गर्मी माैसम शुरू भएसंगै विभिन्न स्थानमा आगलागिका घटनापनि हुन थालेका छन । यसैबिच गुल्मीकाे मुसिकोट नगरपालिका ५ आपचौर खर्बाङ्ग तथा अमलाबोट आसपासमा आगलागि भएकाे छ । आज दिउसाे करिब ४ बजे देखि लागेको आगो अहिले सम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

यसैबिच गुल्मीकै कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्बेनी भएकोटको आरन थरमा आगलागीका कारण ४ घर र २  गोठमा आगलागी भएको स्थानीय चित्रबहादुर थापाले जानकारी दिए ।

साँझ करिब ५ बजेतिर स्थानीय धनबहादुर सुनार, उर्मिला सुनार, तुलबहादुर सुनारको घर, जितबहादुर सुनारको घर र गोठ र इन्द्रबहादुर सुनारको गोठ जलेर नष्ट भएको छ । उर्मिलाको घरबाट निस्केको आगो अन्य घरमा पनि सल्केको स्थानीयले जनाएका छन् ।

त्यस स्थानमा पानीको समस्या भएका कारण आगलागीलाई नियन्त्रणमा लिन सकिएको छैन । आगलागीलाई नियन्त्रणमा लिनका लागि स्थानीयहरु भने जुटेका छन् ।

यता गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले आगलागी नियन्त्रणमा लिनका लागि पुर्तिघाट प्रहरी चोकीको टोली घटना स्थलतर्फ गएको जानकारी दिइन् । चौकीदेखि त्यस स्थानतर्फ जानका लागि करिब एक घण्टा लाग्छ । आगो नियन्त्रणमा नआइसकेको र क्षतीको बिस्तृत विवरण आउँन बाँकी रहेकाे सारथी साथिले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै