• १३ बैशाख २०८१, बिहीबार
  • १७:१४:२३

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

उद्यमीहरुलाई सहयोग गर्न स्थानिय सरकार तयार छ - पाइजा

बागलुङ । बडिगाड गाँउपालिकामा उद्यमशिलता विकाश तालिम सम्पन्न भएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय बागलुङ र बडिगाड गाँउपालिकाको सहजिकरणमा तालिम सम्पन्न भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका सुचना अधिकारी विष्णु पौडेलले बताए । 

यसैविच सोहि अबसरमा आजबाटै शुरू भएकाे ४५ दिने इलेक्ट्रीसियन तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले उद्यमको विकासवाट रोजगारी सिर्जना गर्दै उत्पादनमा जोड्नुपर्ने बताए । भुसालले तालिममा शिकेका कुरा व्यवहारमा पनि उतार्न आग्रह गर्दै तालिममा सहभागि सबैले तालिममा सबै कक्षा नियमित लिन आग्रह गरे । 

त्यस्तै गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले उद्यमीहरुलाई सहयोग गर्न स्थानिय सरकार तयार रहेको भन्दै उद्यम विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदीले युवाहरुलाई उद्यमी बन्न आग्रह गर्दै सरकार साथमा रहेको जानकारी गराए ।

घरेलु तथा साना उद्योग बागलुङका प्रमुख गुमादेवि शर्माको अध्यक्षता, प्रशिक्षार्थी कृष्ण प्रसाद कक्षपतिको प्रतिवद्धता मन्तव्य रहेकाे कार्यक्रममा उद्यम विकास सहजकर्ता जानकी पौडेलकाे संचालन रेहेकाे थियाे । तालिममा बडिगाडका वडा नं. २ बाट ४ जना, वडा नं. ५ बाट ११ जना, वडा नं. ६ बाट ४ जना र वडा नं. ८ बाट ६ जना गरि २५ जनाको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै