• ४ बैशाख २०८१, मंगलबार
  • १६:३३:०९

Now: लाेक सारथी

Next: थाहा अपडेट

नेकपा (एमाले) बडिगाडको कार्यकर्ता भेला खार बजारमा सम्पन्न

नेकपा (एमाले) बडिगाडको कार्यकर्ता भेला खार बजारमा सम्पन्न भएको छ। भेलामा प्रदेश कमिटि सदस्य सुनिल शेरचन, जिल्ला कमिटि उपसचिव एवं जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, जिल्ला कमिटि सदस्य एवं बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, लगाएत जिल्ला कमिटिका सदस्यहरुले बडिगाड गाउँपालिका भित्र नेकपा एमाले एक ढिक्का रहने र सुदृढ संगठनको रुपमा विकास गर्ने बताउनु भएको छ।

सर्वोच्च अदालतले नेकपा एमाले विउँत्याइदिएपछि पहिलो पटक भएको अगुवा कार्यकताहरुको भेलामा नेताहरुले पार्टी भित्र देखिएका कुनैपनि गुटको पक्षधरता नलिने तथा पाटीको विधान र नियम अनुरुप पार्टी एकतावद्ध ढंगले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। भेला गाउँकमिटि अध्यक्ष गुणनिधि घिमिरेको अध्यक्षता, कमलराज घिमिरेको स्वागत मन्तव्य तथा दिनेश दिनेश पुलामी मगरको सञ्चालनमा सम्पन्न भएको थियो।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै