• ७ बैशाख २०८१, शुक्रबार
  • १८:५४:३२

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

वामीटक्सारका मृगौला पिडित श्रीस बचाउन ११ लाख वढि सहयोग

खर्वाङ । गुल्मीको वामीटक्सार स्थायी घर भई हाल जापानमा रहनुहुने ३७ वर्षिय चन्द्र बहादुर श्रीस (रेम) बचाउ अभियान सुरु गरेका सहयोगीहरुले १० लाख वढि रकम पिडितलाई हस्तान्तरण गरेका छन् ।

जस अन्तरगत वामी सेवा समिति जापानको तर्फवाट राम मल्ल, विष्णु मल्ल, नारायण सापकोटा, पदम केसिको संयोजकत्वमा संकलन गरिएको ४ लाख ५६ हजार १ सय २९ जापानी यन, सुनिल सापकोटा, दिनेश सापकोटा (दिपु) को संयोजकत्वमा संकलित १ लाख १० हजार २ सय ११ जापानी यन, दिपक कार्कीको संयोजकत्वमा संकलित ३ लाख ६४ हजार ५ सय ८२ जापानी यन, जनकल्याणकारी संस्था जापानको तर्फवाट जिल्ला प्रतिनिधि होमलाल सापकोटा मार्फत संकलित ३० हजार जापानी यन, अर्लाङ्कोट सेवा समाज जापानको तर्फवाट ५० हजार जापानी यन, वामी नमुना समाज जापान वाट ३२ हजार २ सय जापानी यन,  एनआरएनए जापानका सचिव टिकाराम खरेलवाट ५ हजार जापानी यन तथा क्यानडामा रहने प्रकाश सापकोटाले ५० हजार सहयोग गर्नुभएको छ ।

जस अनुसार १० लाख ९८ हजार १ सय २२ जापानी यन एक कार्यक्रमका विच पिडित श्रीसलाई हस्तान्तर गरिएको जापानवाट सुनिल सापकोटाले जानकारी दिनुभएको छ। श्रीसका दुवै मृगौला फेल भएपछि लामो समय काठमाडौंमा उपचार भएको र हाल जापानमै उपचार भैरहेको छ । लामो समयको उपचारका कारण उपचार खर्च अभाव भएको भन्दै स्वयं श्रीसले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि याचना गर्नुभएको थियो ।

सोहि आधारमा सहपाठी तथा मानवसेविहरुले स्वस्फुर्त रुपमा सहयोग संकलन अभियान सुरु गरेको जापानमै रहि सहयोग संकलनमा खटिनुभएका सुनिल सापकोटाले जानकारी दिनुभएको छ। घरमा आर्थिक अवस्था कमजोर रहेको तर उपचार खर्च अभाव भएकोले सहयोग सुरु भएको सापकोटाले बताउनु भएको छ । पिडित श्रीसले आफ्नो ज्यान वचाइदिन अपिल गर्नुभएको छ भने सहयोग संकलनमा अभियान चलाएका सापकोटाले श्रीसको ज्यान वचाउन सहयोग गरिदिन सवैमा आग्रह गर्नुभएको छ ।

श्रीसको उपचारको लागी अझै करिव ३० लाख आवश्यक पर्ने तथा थप उपचारको लागि पिडित रेम श्रीस नेपाल फर्किदै गरेको सापकोटाले जानकारी दिनुभएको छ । युके लगाएतका देशमा पनि सहयोग संकलन सुरु भएको जानकारी दिँदै सापकोटाले वाँकी देशमा छरीएका वामी वासि तथा नेपालीहरुले सहयोग गरिदिन र सहयोग संकलनमा जुटिदिन आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै