• ७ बैशाख २०८१, शुक्रबार
  • ०६:४७:२९

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

बडिगाड घटना अपडेट : अनुसन्धान तिव्र, पाँच जना पक्राउ

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ स्थित बल्देधुरी घटनाको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ । प्रहरीले घटना भएको ३ दिनमा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

होली पर्व मनाउने क्रममा झडप हुँदा भीरबाट खसालेर दुई जनाको मृत्यु भएको र अनुसन्धानका लागि हाल सम्म पाँच जना पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

‘अनुसन्धानलाई प्रभावित पर्ने भएकाले नाम सार्वजनिक गरेका छैनौं’ हवारीले भन्नुभयो ‘थप तथ्य र प्रमाणका आधारमा दोषीलाई कानूनी दायरामा ल्याउने र पत्रकार सम्मेलन मार्फत जानकारी दिने तयारीमा प्रहरी छ ।’

आइतबार होली खेल्ने क्रममा युवतीलाई जबरजस्ती रंग लगाइदिँदा उत्पन्न झडपमा दुई जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ हुन् । उनीहको शव घटनास्थल भन्दा करिब ५ सय मिटर तल जंगलमा फेला परेको थियो ।

घटनामा ज्यान गुमाएका दुई जनाको पोष्टमार्टम गरिएको छ । परिवारको सहमतिमा उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको हो । बुधबार शव आफ्न्तको जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ ।

यो पनि पढ्नुहोस

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै