• १५ चैत २०८०, बिहीबार
  • १४:४३:४०

Now: संगित सरगम

Next: नेपाल खवर

गर्मी मौसममा बच्चाको हेरचाहमा बिर्सन नहुने कुरा

गर्मी समयमा आफ्नो नवजात शिशुलाई कसरी रेखदेख गर्ने ? गर्मीमा बच्चाको लागि अनुकूल वातावरण कसरी तयार पार्ने भन्ने कुरा हरेक परिवारले जानिराख्नु जरुरी छ । किनकि प्रचण्ड गर्मी र तातो हावाले बच्चाको छालालाई सुख्खा बनाइदिन्छ । बजारमा पाइने महँगो उत्पादनको उपयोग गर्नुको साटो केही कुरामा ध्यान दिँदा घरमा नै बच्चालाई सुरक्षित र स्वस्थ राख्न सकिन्छ ।

गर्मी मौसममा नवजातको छालाको सुरक्षा कसरी गर्ने ?

घरको वातावरणमा ख्याल गर्नुहोस्

घरको झ्याल र ढोका खोलेर राख्नुहोस् । ताकि घर हावादार बनिरहोस् । तर विशेषगरी तराई भेगतिर गर्मीमा तातो हावा चलेको छ भने गर्मी भए पनि झ्याल र ढोका बन्द राख्नुपर्छ ।

बच्चालाई हाइड्रेड राख्नुहोस्

गर्मीमौसममा केवल युवावस्था र बुढेशकालका मान्छेलाई मात्रै हाइड्रेटेड राख्नु पर्दैन, बच्चाहरुलाई झनै बढी हाइड्रेडको समस्या हुने गर्छ । किनभने गर्मीको समयमा शरीरमा पानीको अभाव धेरै हुने गर्छ । त्यसैले समय-समयमा आफ्नो बच्चालाई पानी खुवाइरहनुपर्छ । यो कुरा मनमा राख्नुहोस् कि बच्चा छ महिनाको भएपछि मात्रै उसलाई पानी खुवाउन थाल्नुपर्छ । किनभने छ महिनाभन्दा कम उमेरको बच्चालाई आमाको स्तनपानमा नै आवश्यक पानीको मात्रा प्राप्त हुने गर्छ ।

गर्मीको मौसममा पनि नियमित शिशुले चाहेको बेलामा स्तनपान गराउने हो भने उनीहरुमा डिहाइड्रेसनको जोखिम हुँदैन । तर गर्मीको समयमा आमाले चाहिँ पोसिलो खानेकुरा खानै पर्छ । अनुसन्धानमा यो कुरा पत्ता लागेको छ कि आमाको डाइटमा आउने भिन्नताका कारण बच्चाको पेट दुख्ने जस्तो समस्या निम्तिन सक्छ ।

फेन्सी उत्पादनबाट बच्चालाई टाढा राख्नुहोस् ।

हामीलाई लाग्न सक्छ बजारमा पाइएका सुगन्धित साबुन र पाउडरको प्रयोगबाट बच्चालाई सधैंभरि फ्रेस राख्न सकिन्छ । जे होस् यो बिल्कुल गलत कुरा हो किनकि यसमा रहेका केमिकलहरूले बच्चालाई असर गर्ने गर्छ । जसले बच्चाको नरम छालामा बढी जलन निम्त्याउँछ। यति मात्र होइन, केही व्यक्तिले बच्चालाई नुहाइसकेपछि धेरै टाल्कम पाउडरको प्रयोग पनि गर्छन् । यसले बच्चालाई बढी गर्मी हुँदैन भन्ने मान्यता राखिन्छ । यद्यपि यो उपयुक्त होइन ।

हल्का लुगा लगाउनुहोस्

आरामदायक र हल्का लुगा लगाउनुहोस् ताकि शरीरको छालाले कुनै अवरोधबिना हावा सोस्न सकोस् । बाहिर जाँदा बच्चालाई टोपी लगाइदिनुहोस् ।

दिनमा बच्चालाई नुहाइदिनुहोस्

बढ्दो तातोका कारण बच्चालाई धेरै पसिना आउन सक्छ । जसले गर्दा छालामा दाग र छाला संक्रमणको जोखिम बढ्दो छ। त्यसैले आफ्नो बच्चालाई भिजेको कपडाले पुछ्ने वा दिउँसोमा नुहाउन लगाएर पनि चिसो बनाउन सकिन्छ ।

सरसफाइमा ध्यान दिनुहोस्

गर्मी मौसममा तपाईंको बच्चाको सरसफाइको विशेष ख्याल राख्नुहोस् । बच्चाको दाँत सफा राख्नुहोस् र उसका नङहरू पनि समय(समयमा काटिदिनुहोस् । किनकि त्यसले बारम्बार आफ्नो हात मुखमा लैजान खोज्छ । किनभने यी दिन तपाईं‌ यसलाई जति धेरै सफा राख्नुहुन्छ त्यति नै संक्रमणबाट टाढा रहन्छ।

किरा वा लामखुट्टेको टोकाबाट जोगानुहोस्

बच्चाहरूको छाला यति नाजुक हुन्छ कि किराहरू वा लामखुट्टेको टोकेपछि तुरुन्तै यसले उनीहरूमा दुखाइ महसुस गर्छ । त्यसकारण तिनीहरूलाई सधैं लामखुट्टेबाट जोगाइ राख्नुहोस् । तर लामखुट्टेबाट बचाउन भनेर बजारमा उपलब्ध हुने लामखुट्टे भगाउने इलेक्ट्रिक मेसिन भने प्रयोग नगर्नुहोस् । किनकि यसले बच्चाहरूलाई हानि गर्न सक्छ।

नरिवलको तेल लगाइदिनुहोस्

तपाईंको बच्चा तातोको कारण दाँतको समस्या उत्पन्न हुन सक्छ । यदि बच्चाको शरीरमा दागहरू देखियो भने उसको शरीरमा नरिवलको तेल प्रयोग गर्नाले तुरुन्त राहत महसुस गराउँछ । जलन र चिलाउने समस्याबाट पनि यसले राहत महसुस गराउँछ । अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै