ताजा अपडेट

समचार

रिघा तथा दगातुन्डाडा स्वास्थ्यचौकीमा स्वयंसेविका दिवस मनाइयो ।।

स्वयंसेवि महिलालाइ सम्मान गरीयाे ।

Radio Sarathi 107.4 Mhz

कमल पौडेल
१८ मंसिर २०७५/बडिगाड बागलुङ
१५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस आज देशै भर मनाइएको छ। “महिला स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्धि, राष्ट्र निमार्णमा टेवा” भन्ने नारा सहित आज देशै भर दिवस मनाइएको हो। यसै विच बडिगाड गाउँपालिका वडा नं. १ दगातुन्डाडा स्वास्थ्य चौकीमा पनि महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ। सो कार्यक्रममा साविक दगातुन्डाडा गाविस भित्र काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्यवाट गोमा गिरि, पवित्रा थापा, तथा आषा वुढाथोकीलाई सम्मान गरिएको छ। कार्यक्रममा वडिगाड गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिपचन्द्र सुवेदी, सुआहारा जिल्ला कार्यक्रम संयोजक चिरन्जीवि दाहाल, खड्क देवि माविका ऋषिराम भण्डारी, वडा नं. १ का वडा सदस्य नरेन्द्र घर्ति, महिला स्वास्थ्य स्वयंसेविका डिप्लोमा खरेल, गोमा गिरि, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम वडा अध्यक्ष वोम वहादुर थापाको अध्यक्षता, अनमी सचिना शाक्यको स्वागत मन्तव्य तथा स्वास्थ्यचौकी इन्चार्ज यान वहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो। 
त्यस्तै गल्कोट नगरपालिका वडा नं. ११ रिघामा पनि महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ। “महिला स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्धि, राष्ट्र निमार्णमा टेवा” भन्ने नारा सहित कार्यक्रम रिघा स्वास्थ्य चौकीमा भएको थियो । कार्यक्रममा यो वर्षभरमा राम्रो गर्ने स्वयंसेविकाहरु मध्येवाट उत्कृष्ट तिन जनामा पर्ने चन्द्रा रामजाली सिंजाली, भिमा श्रीस र लालमाया घर्तिलाई सम्मान गरिएको छ। कार्यक्रम रिघा स्वाथ्य चौकीका एच.ए. हरि थापाको अध्यक्षता, इन्चार्ज कोपिला थापाको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका गंगा श्रीस र चन्द्र रामजाली सिँजालीले वोल्नुभएको थियो। नेपालमा २१ वर्ष अगाडि देखि महिला स्वास्थ्य स्वयंसेविकाहरुले काम गर्न सुरुवात गरेपनि विगत १५ वर्ष देखि हरेक डिसेम्वर ५ तारिकमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइदै आएको छ। 
Top