• ७ बैशाख २०८१, शुक्रबार
  • १६:५३:४६

Now: लाेक सारथी

Next: थाहा अपडेट

लघुकथा : समयको महत्व

"समयको महत्व "शीर्षकमा वक्तृत्वकलाको आयोजना गरियो । कार्यक्रमको आयोजना गरेको गाउँको क्लबले कार्यक्रममा माननीयसमेतलाई निमन्त्रणा गरेको थियो ।

कार्यक्रमको समय निर्धारण बिहान ठिक १० बजे तोकिएको पत्र सम्बन्धित ठाँउमा पुगिसकेका थिए । सोही बमोजिम सहभागी बक्ताहरु १० बजे अगाबै आइपुगे । आयोजक भने मञ्च निर्माणका लागि बल्ल चौरमा ठ्याक  – ठ्याक , ठुक – ठुक पार्दै किला ठोक्दै थिए ।

कतिले माइक्रोफोन घ्याइँघ्याइँ गराउदै थिए । यसो उसाे गर्दा गर्दै आयाजकले नै १२ बजाइदिए । प्रमुख अथितिलाई कुर्दा कुर्दै २ बजिसक्यो । हतार हतार गर्र्दै माननीय पनि आइपुग्नु भयो । आयोजकले कार्यक्रमलाई अगाडी बढाएर वक्तालाई बोल्नका निम्ति ५ मिनेटको समय उपलब्ध गराए ।

प्रमुख अथितिको रुपमा बोल्दै माननिय गोपिरमण उपाध्यायले विषयबस्तु भन्दा बाहिर उछिट्टिएर एक घण्टा लामो राजनितिक दर्शन छाँटे । उपस्थित कोहि कपाल कन्याउँदै थिए । कोहि हाई काड्दै थिए भने कोही उठेर पाईन्टकाे धुलाे टक्टक्याउन  लागे त काेहि आङ तन्क्याउन थाले ।

माननियले सकेसम्म घण्टाै खाेकेर दुई शब्द यही अन्त्य गर्दछु भनेर भाषण समापन गरे र त्यहाँबाट बाटाे तताए । सहभागीहरु हातको घडी हेर्दै कार्यक्रम स्थल छोडेर बाहिरिन खाेज्दै थिए । यत्तिकैमा आयोजकले सहभागिहरुलाई रोक्दै खाने बस्ने प्रबन्ध मिलाउने कुरा राख्दै कार्यक्रम जसरी भएपनी सम्पन्न गरी जान आग्रह गरे ।

यसै बिचमा सहभागी मध्ये एक जनाले मुख फाेरे "तपाँईहरूले कार्यक्रम लम्वेतान पारेर अझै के काे टन्टो बेसाउन खोज्नु भएको ? समयको सबैभन्दा महत्वपुर्ण पाठ त आयोजक , बाेल्नेवक्ता र प्रमुख अथितिले दिई सक्नु भयो । यो भन्दा ठूलो कुरा अरु के चाहानुभएकाे हजुर ? आयोजक यो कुरा सुनेर मुखामुख गरे । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै