• १६ चैत २०८०, शुक्रबार
  • २०:४४:११

Now: सन्देश/पिएसए

Next: बीबीसी नेपाली

जनमोर्चाको श्रद्धाञ्जली सभा सम्पन्न 

बागलुङ । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँ समितिले मतिकला पुनको निधनप्रति दुख व्यक्त गर्दै आज चौथो दिनमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । मतिकला अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष एवं राष्ट्रिय जनमोर्चा काठेखोलाका सल्लाहकार ओम बहादुर पुन तथा राष्ट्रिय जनमोर्चाका शुभचिन्तक नर बहादुर पुनका हजुरआमा हुन ।

सभामा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा काठेखोलाका सचिव टिका संगम बिक, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष बिष्णु कंडेल, जातीय समता समाज बागलुङका सदस्य भिम बिक, अखिल नेपाल युवक संघ बागलुङका सदस्य प्रदिप पुन, अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुन, अखिल नेपाल जनजाति सम्मेलन काठेखोलाका सचिव गणेश पुन लगायत राजमो तंग्रामका कार्यकर्ताहरुले श्रद्धाञ्जली दिनुभएको थियो ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा काठेखोलाका सचिव टिका संगम बिकले गर्नु भएको थियो । यहि चैत्र १७ गते पुनको ८७ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै